करेन्ट लागेर एक जनाको मृत्यु

438

सर्लाही ३०,बैशाख ..सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरी बस्ने ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ । सोही ठाउँको सामुदायिक वनमा घाँस काटन रुखमा चढेका उनलाई हाइटेक पावरको तारमा छुन गई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गोलेको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।