सामाजिक संजालमा गालीगलौज र धम्की दिने स्याङ्जा ने.बि संघका सदस्य बिराज मानन्धर पक्राउ।

242

खगेन्द्र हमाल स्याङ्जा: सामाजिक संजालमा नानाथरी गाली गलौज तथा धम्की दिएको आरोपमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा ज: ७ देउरालि डाडा मा घर भएका ने.बि संघका सदस्य बिराज मानन्धर पक्राउ परेका छन। हरिनास-७,स्याङ्जा निवासी बाबुराम बिश्वकर्मालाई पटकपटक गाली गलौज तथा कुट्ने धम्की दिएपछी उजुरीको आधारमा सोही स्थान निवासी बिराज मानन्धरलाई पक्राउ गरिएको हो। अन्य ब्यक्तिहरुलाई पनि पटकपटक गाली गलौज गरेपछी सम्झाउदा पनि बानी नसुध्रीएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यलय चिसापानि हरिनासले जनाएको छ।