सशस्त्र प्रहरीले साढे ९ किलो लागु औषध गाँजा बरामद

381

रौतहट, ८ वैशाख । गुजरा नगरपालिका नगरपालिकाको सिम्री र भेडवाको विचमा सशस्त्र प्रहरीले आईतवार साँझ बेवारिसे अवस्था साढे ९ किलो लागु औषध गाँजा बरामद गरेको छ ।
गुजरा नगरपालिका वडा नम्वर ४ जैगलसहिया स्थित लालबकैया पारी सिम्रीबाट भेडवा तर्फ आउदै गरेको नम्वर नखुलेको मोटरसाइकलमा बसेका दुई जना व्यक्तिले गस्तीमा रहेका सशस्त्र प्रहरीलाई आईतवार साँझ साढे ६ बजेको समयमा नजिक आउदै गरेको देखेर पछाडी बस्ने व्यक्तिले कालो रंगको व्याग फालेर भागे ।
जंगलसहिया स्थित सशस्त्र क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश यादवको टोलीले उक्त बेवारिसे अवस्थामा रहेको व्यागलाई बरामद गरेर हेर्दा लागु औषध गाँजा रहेपछि आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण गौर पठाए । बरामद भएका ९.५ किलोग्राम गाँजालाई गणमा आवश्यक अनुसन्धन पछि कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाइएको सशस्त्र प्रहरीका एसपी रबिनराज कर्णजितले दिए ।