माधवनारायण नगरपालिका ६ माधोपुरमा आजदेखी राहत वितरण कार्य शुरु

371

ओम प्रकाश यादव
बैशाख १५ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा आजदेखी राहत वितरण कार्य शुरु भएको हो ।
माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादवले वडा कार्यालयको प्रांगनमा ५ जनालाई राहत वितरण गर्दैै राहत वितरण कार्यको शुरुवात गरेका छन ।
प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ किलो नुन, १ किलो खाने तेल र एक एक पिस साबुन वितरण गरिएको छ ।
सामाजिक दुरी समेत कायम गर्दैै ज्याला मजदुरी गरी खाने अति गरिव, असाहाय तथा विपन्न परिवारहरुलाई मात्रै राहत वितरण शुरु गरिएको वडा अध्यक्ष यादवले बताए ।
प्रहरी प्रशासन, विभिन्न राजनैतिक दलका नेता, भद्रभलादमी लगाएतको रोहवरमा राहत बाँडिएको र भोली विहानै देखी पुन राहत वितरण हुने वडा अध्यक्ष राजीव यादवले बताए ।
राहत वितरण गर्न गठित गरिव घर परिवार पहिचान तथा राहत वितरण समितिले छनौट गरेको परिवारहरुलाई मात्रै राहत वितरण गरिने उनको भनाई छ ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनका कारण गरिव परिवारहरुलाई एक छाक टार्न धौ धौ पर्न थालेपछि प्रदेश २ सरकारले राहत वितरण गर्न स्थानीय तहहरुलाई १५ लाख रुपैया उपलब्ध गराएको थियो । सोही रकमबाट राहत खरिद गरी स्थानीय तहहरु वितरण गर्दै आएका छन ।