परमाणु वमले क्षतविक्षत वनेकाे जापान कसरी उठ्यो ?

557

चितामणी शर्मा सुर्खेत , दाेश्राे विश्वयुद्धमा खासगरी अमेरिकी र यूरोपियनहरुकाे टाउको दुखाइ वनेर युद्धको माेर्चामा अजेय वन्दै गैरहेकाे जापानलाई तह लगाउन अमेरिकाले जापानकाे हिराेसिमा र नागासाकीमा परमाणु वम खसालेकाे थियाे। सन १९४५ काे अगष्ट ६ मा हिराेसिमा अनि अगष्ट ९ मा नागासाकीमा परमाणु वम खसालिएकाे थियाे। दुवै ठाउमा खसालिएकाे वमवाट करिव १ लाख पचास हजार मानिसहरु मारिएका थिए। वम फट्दा ३ हजार फिट उचाईसम्म अागाेकाे मुस्लो उठेको थियाे भने २ लाख ५० हजार जनसंख्या रहेकाे हिराेसिमाका मात्रै ८० हजार जनता खरानी वनेका थिए। वम विस्फोट हुदा ती ठाउमा दस लाख सेन्टिग्रेड सम्म तापक्रम पुगेको थियाे। करिव ४ टन वजन र साढे तीन मिटर लम्वाईका यी परणामु वम खसाउन जापान तर्फ अाउदै गरेकाे विमानहरुलाई अगष्ट ६, १९४५ काे विहान जापानी राडारले देखाएको थियाे। तर युद्धवाट जर्जर वन्दै गएको जापानले ती वमवर्षक अमेरिकी विमानलाई राेक्न सकेन। अमेरिकी वमवर्षक विमान राेक्न सक्ने लडाकु विमानहरु जापानसंग पर्याप्त भएपनि ती विमान उडाउने ईन्धन (पेट्रोल) सकिसकेकाे थियाे। जब अमेरिकाले हिराेसिमा र नागासाकीमा परमाणु वम खसाल्याे, तब दाेश्राे विश्वयुद्द समेत समाप्त भयाे। नाटाे (अमेरिका र यूराेपकाे देश सम्मिलित युद्ध माेर्चा) संग एक्लै लडिरहेको जापानकाे अात्मसमर्पणले विश्व मानचित्रमा अमेरिकाकाे दादागिरी सुरु भयाे। १९४५ मा जापान पराजित भएसंगै अमेरिका विश्वकाे नंवर एक वन्याे, जसकाे ताज काेरानाकाे अागमनसंगै खाेसिने अवस्थासम्म अाइपुगेकाे छ। विश्व राजनीतिमा अब चीन अार्थिक र राजनीतिक एवम् सामर्थ्यका हिसाबले १ नंवरमा पुग्ने करिबकरिब निश्चित वनेकाे छ। काेराेना विरुद्दकाे लडाइँमा जसरी चीन अव्वल देखियाे, घमण्डले फुलेको अमेरिकी नेतृत्वको गैरजिम्मेवार हेलचेक्राईले हेर्दाहेर्दै चीनले अाफ्नाे ताज खाेसेकाे पत्ताे पाएन। काेराेनाकाे याे ‘कहर’ले विश्व अाक्रान्त वनिरहेकाे वेला नेपालले अाफ्नाे सामर्थ्य वमाेजिम राम्रो तैयारी गरेकाे छ। अब यसको फैलावटलाई ‘लकडाउन’ मार्फत निस्तेज पार्दै भविष्यमा यसले पार्न सक्ने असरहरुप्रती सचेत रहनु पर्दछ। अब विश्वमा अार्थिक मन्दी अाउन सक्दछ। ‘फिक्स एसेट’ हरुकाे मुल्यमा भारी मात्रामा गिरावट अाउन सक्दछ । खासगरी उपभाेग्य वस्तुहरु(खानपिन)काे मुल्यमा वढाेत्तरी हुने र अन्य विलासिताका वस्तुहरु सस्तो मुल्यमा पाईनेछ। यस्तो अवस्थामा नेपालले खाध्य उत्पादनमा जाेड दिनु पर्नेछ। छाेटाे समयमा उत्पादन हुने र अलि लामाे समय लाग्ने खाध्यानहरु उत्पादन गर्न याेजनावद्द रणनीति वनाउनु पर्नेछ। अब खाडीमुलुक र भारतमा राेजगारीमा कटाैती हुनेछ। यसले विप्रेषणमा ठुलो मात्रामा गिरावट अाउनेछ। देशभित्र ५० अाै लाख नेपाली वेराेजगार वन्नेछन भने वाह्य देशवाट अाउने त्यति नै संख्या थप वेराेजगार वन्नेछ । उनीहरुका लागि राेजगारी र जीविकाेपार्जनकाे व्यवस्था गर्न नसके फेरि देशमा अर्को अान्दोलन हुने र राजनैतिक व्यवस्था नै परिवर्तन हुनसक्ने संभावनालाई समेत नकार्न सकिदैन । त्यसैले अब समाजवादी अवधारणा अनुसार ‘समाजले उत्पादन र उपभाेग’ दुवै गर्नेगरि याेजना वनाउनु पर्छ। यसका लागि नेपालकाे राजनीतिक नेतृत्वको ध्यानाकर्षण गर्न चाहन्छु ।