गौरका मेयर गुप्ता र एसपी खडकाले लकडाउन प्रभावकारी बनाउन सडकमा

471

रौतहट ।। लकडाउन थप प्रभावकारी बनाउने उदेश्यले गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता तथा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविराज खडकाले बुधवार बेलुका संयुक्त रुपमा गौर बाजारमा मार्चपास गरेका छन ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्नको लागि घोषणा गरिएको लकडाउनको पालना गराउन मेयर गुप्ताले यस्तो गरेका हुन । संक्रमणबाट सुरक्षित हुनलाइ घरमा बस्नु पर्ने ,सामाजिक दुरी कायम गर्नु पर्ने सन्देश दिनको लागि मधेशी क्रांन्ति चौकबाट गौर भन्सार कार्यालय सम्म तथा सहायक बाटोमा मार्चपास गरिएको हो ।

मेयर गुप्ताले नेपालमा संक्रमितको संख्या दिन दिनै बढ्दै गइरहेकोले अझ सचेत हुनु पर्ने आवश्यकता रहेको बताए । सामूहिक रुपमा हिँडडुल गर्न नहुने आग्रह समेत गरे । खुल्ला सिमाना भएको कारण सिमाबाट प्रवेश गर्न सक्ने अवस्था रहेकोले स्थानीयलाइ सचेत भएर बस्नु पर्ने बताए ।

प्रहरी उपरीक्षक खडकाले लकडाउनको अवधिलाइ सफल बनाउन प्रहरी कड़ाईका साथ लागेको बताएका छन । उहाले नेपाल प्रहरीका सवै यूनिटहरु आ आपनो क्षेत्रमा कड़ाईका साथ ड्यूटी गरिरहेको दावी गरे । जिल्ला प्रहरी कार्यालयको मोबाइल टोली परिचालन गरिएको जानकारी दिदै प्रहरी उपरीक्षक खडकाले बाहिरबाट आउने व्यक्तिलाई क्वारेंटाइन गर्ने गरेको उल्लेख गरे ।

गहु बाली भित्रियाउने बेला भएकोले किसानहरुको लागि हल्का सहज गर्नु पर्ने बाध्यता रहेको बताए । जिल्लामा स्वाव परिक्षण गरिएको १६२ मध्ये १६१ जनाको रिपोर्ट निगेटिभ आएको छ भने २५९ जना क्वारेंटाइनमा बसेर घर फिर्ता गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
३७१ जनको आरडीटी बाट परिक्षण गरिएको छ । ८५१ बेड संख्या भएको क्वारेंटाइनमा १४ महिला र १७३ पुरुष गरी १८७ जना क्वारेंटाइनमा बसेको कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।