गाैर नजिक रहेका लाल बकैयामा एक जनाकाे शव फेला

554

रौतहट, २१ चैत । राैतहटकाे सदरमुकाम गाैर नजिक रहेका लाल बकैयामा एक जनाकाे शव फेला परेकाे छ । गौर नगरपालिका- ४ टिकुलियास्थित लालबकैया नदीमा तैरिरहेकाे अवस्थामा शव फेला परेकाे हाे ।

उक्त शव पुरूषकाे रहेकाे स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा स्थानीयकाे भीड लागेकाे छ । विवरण लिन प्रहरी समेत साे स्थानमा पुगिसकेकाे छ । घटनाकाे थप विवरण अाउन बाँकी छ ।