कोरोना भाइरसबाट संक्रमित सर्लाहीका १४ वर्षीय किशोरलाई वीरगञ्ज ल्याइयो

261

वीरगञ्ज – कोरोना भाइरसबाट संक्रमित सर्लाहीका १४ वर्षीय किशोरलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

कोरोना संक्रमित सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ५ हरकठवाका १४ वर्षीय किशोरलाइ उपचारको लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा १४ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

गत वैशाख ५ गते आरडिटी परीक्षण गर्दा ती किशोरको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि जनकपुरमा गरिएको पिसिआर टेष्टमा भने ती युवकमा संक्रमण नभएको पाइएको थियो । तर, बिहीबार टेकुमा भएको पिसिआर टेष्टमा भने उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । लकडाउन भएकै समयमा ती युवक भारतको दिल्लीबाट रौतहटको गौर हुँदै सर्लाहीको धनकौल आएका थिए । ति कोशोरसँगै अब वीरगञ्जको नारायणी अस्पतालमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ।