ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहताद्वारा क्वारेन्टाइनबाट राहत सहित २५ जना डिस्चार्ज

418

रौतहट ०७ बैशाख । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताद्वारा राहत सहित क्वारेन्टाइनमा बसेकालाई एक कार्यक्रम गरि डिस्चार्ज गर्नु भएको छ ।

Image may contain: one or more people, people standing, outdoor and nature

ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका ३१ जना मध्ये २५ जनालाई टेष्ट निगेटिभ आएका हुनाले डिस्चार्ज गरिएको छ ।
क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिए तथा टेष्ट पनि निगेटिव भएपछि चिकीत्सकहरुको सिफारिसमा उनीहरुलाई घर पठाईए हो ।

Image may contain: one or more people, people standing, sky, grass, outdoor and nature

नेपाल लगायत विश्वभरी कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहदाँ भारतसँग सिमा जोडीएको ईशनाथ नगरपालिकाले विभिन्न नाकाहरुबाट संक्रमितहरु नेपाल प्रवेश गर्ने सम्भावना रहेको भन्दै विशेष निगरानी समेत बढाएको छ ।

Image may contain: one or more people, people standing, outdoor and nature

सो विदाई कार्यक्रममा ईशनाथ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रामकैलाश राउत, स्वास्थ्य संयोजक ईसराजुल खाँ, सह संयोजक शशिविन्द प्रसाद पटेल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।