सर्लाहीमा खुकुरी प्रहार गरी एक जना गम्भीर घाइते

283

सर्लाही । बुहारी नाता पर्नेलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–५ काम चोकबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय सानुकान्छा तामाङ छन् ।

सानुकान्छाले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी विवादका कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । बहाखरीकाे सहयाेगमा