वृन्दावन नपामा माक्स बितरण

291

रौतहट ८ चैत । स्वर्गिय गिरिजा प्रसाद कोइरालाको १०औ स्मृती दिवसको अबसरमा कोरोना भाइरस बाट बच्न र बचाउन नेपाली काग्रेस रौतहट क्षेत्र ४ ले माक्स बितरण गरेको छ ।
कोरोना भाइरसबाट आफू पनि बचौ र अरु लाई पनि बचाऔ भन्ने जनचेतना सहित नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर ४ द्वारा बृन्दावन नगरपालिमा निशुल्क माक्स बितरण गरीएको हो ।
बितरण कार्यक्रममा रौतहटको बृन्दाबन नगरपालिकाका मेयर तथा क्षेत्रिय सभापती रामस्नेही यादव सहभागी हुनुभएको छ । बितरण कार्यक्रममा नेपाली काग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।