वडा अध्यक्ष यादव माथी आक्रमण गर्दा दुई समुह विच भिडन्त केही घाईते

720

रौतहट ।। रौतहटको गरुडा नगरपालिका वार्ड नं. ६का वाडा अध्यक्ष अशोक यादवमा माथि पुर्व माओवादीको वडाका प्रत्यासी रामबाबु चौधरीको समुहले आक्रमण गर्दा दुई समुह विच भिडन्त भएको छ ।
वाडा अध्यक्ष अशोक यादव पोठीयाहीबाट अमरपटी घर आउने क्रममा सनिवार साझ करिव ७ बजेको समयमा एक्कासी पुर्व माओवादीका वडाका प्रत्यासी रामबाबु चौधरीको समुहले आक्रमण गरि वाडा अध्यक्ष यादवको गाडी सिसा समेत फुटाउदाँ प्रहरी मुखदर्शक हुदाँ आज आईतवार दुई समुह विच भिडन्त हुन पुगेको वाडा अध्यक्ष अशोक यादवले आरोप लगाएका छन् ।
आज आईतवार विहानसम्म म माथि आक्रमण गर्ने चौधरी समुह माथि प्रहरीले कुनै कार्यावाही नगर्दा पुर्वमाओवादीका वडाका प्रत्यासी चौधरीको मनोवल बढेको कारण हाम्रा कार्यक्रर्ताहरु दुधिया भार बजार गई रहदाँ फेरी आक्रमण गदाँ आत्मराक्षा गर्ने क्रममा दोहरो झडप हुन पगेको वाडा अध्यक्ष यादवले बताउदै, घटाना दुखद भएको बताए ।
पुर्व माओवादीको वाडा अध्यक्ष प्रत्यासी चौधरीको समुह राजनैतिक प्रतिशोधमा आफ्लाई बदनाम गराउने उदेश्यले यस्ता अलोक्तान्त्रीक गतिविधि गर्दै आएकोले यस्ता अपराधीक प्रवृतिका व्यक्तिलाई सम्बन्धी निकायसंग यथाशिघ्र कार्यवाही गर्न वाडा अध्यक्ष अशोक यादवले मागँ गरेका छन् ।
झडपमा घाईतहरुको अवस्था समान्य रहेको र यो घटना राजिनैतिक प्रतिशोद्धमा भएकोले घटनाको दोसीलाई अथासिघ्र कानुनी कार्यवाही गर्ने रौतहट नेपाल प्रहरी प्रमुख रविराज खडकाले बताए ।