रौतहटमा ८ बर्षिया नबालिकालाई बलात्कार गर्ने पासवान पक्राउ

715

प्रभातकुमार झा
रौतहट, १७ चैत ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा नबालिकालाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलका प्रहरी कार्यालय विजयपुरले नबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई सोमवार सार्वजनिक हो । स्थानीय फतुवा गाउँका ८ बर्षिया नबालिका शनिवार राति घर नजिकै रहेका किराना पसलमा खाने तेल किन्न गईरहेको अवस्थामा १८ बर्षिय छिमेकी नवल पासवानले समातेर गल्लिमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिए ।
युवक पासवानले नबालिकाको मुख थुनेर बलात्कार गरिरहदा पीडा सहन नसकेर बालिका रूने र चिच्याउने थालेपछि वरिपरीको घरमा रहेका व्यक्तिहरु बाहिर निस्केर पिडक युवक पासवानलाई समातेर प्रहरीमा खबर गरेका थियो । स्थानीयको रिपोर्टका आधारमा तत्कालै इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा प्रहरी टोली उक्त स्थानमा पुगेर आरोपी पासवानलाई प्रहरी हिरासतमा लिएका बताइएको छ ।
८ बर्षिय नबालिकालाई चन्द्रपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जानकारी दिदै प्रहरी निरीक्षक साहले नबालिका माथि जबर्जस्ती गर्न अभियुक्त पासवानलाई बालयौन दुराचार सम्बन्धी ऐन अनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको उनले भने ।
यस अघि चैत १३ गते कटहरिया नगरपालिका ७ बगही गाउँमा १७ वर्षीया युवतीलाई सोही गाउँका २८ वर्षीय भाग्यनारायण साहले घरमा बोलाएर बलात्कार गरी फरार भएका थिए । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी निज शाहले छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाई बलात्कार गरेको आरोप लागेको छ । साहले युवती माथि दिउँसै ढोका थुनेर बलात्कार गरिरहेको भिडियो बनाएर कसैलाई भनेमा सार्वजनिक गरिदिने धम्की दिएको थियो ।
तर पिडिताले हिम्मत गरेर आफूमाथि भएको घटनाको वारेमा आमालाई बताएपछि उनको अभिभावक प्रहरीको शरणमा पुगे । इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता भएको र भिडियोबारे थप अनुसन्धान भइरहेको बताइएको छ । पीडिताको स्वास्थ्य परिक्षण गरेर आरोपी साहको खोजी भइरहेको महतोले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सुरक्षाकर्मी नै परिचालन गरी ’लकडाउन’ कार्यान्वयन गरिरहेका बेला रौतहटमा नबालिका र युवती सहित २ जना बलात्कारको शिकार भईन एक जना पक्राउ भएको छ भने एकजना अझै फरार छन् । लकडाउनमा महिला ग्रामिण भेगका बालिका, महिला असुरक्षित बन्दै गएको प्रति स्थानीयले चिन्ता व्यक्त गरेको छ ।