महादेव माेही यस्ता हास्यास्पद लिखत तयार पार्ने लाई कार्यवाही हुन्छ :प्रभु साह

502

राम प्रबेश बैठा /राैतहट २४ फागुन ।।
नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले विधुत प्राधिकरण प्राधिकरण शाखा शिवनगर लाई छिट्टै शाखा बनाउने बताउनु भएको छ । जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल शिवनगरमा अाज शनिबार अायाेजित पार्टी अन्तरक्रिया कार्यक्रममा लाई सम्बाेधन गर्दै पूर्व मन्त्री साहले यस्तो बताउनु भएको हाे । प्रमुख अतिथि पूर्व मन्त्री माननीय प्रभु साहकाे उपस्थितिमा प्रदेश सांसद कुन्दन कुशवाहाकाे विशेष सक्रियता र नेकपा नगर कमिटी गरूडाकाे अायाेजनमा अन्तरक्रिया कार्यक्रम गरिएको थियोे । अन्तरक्रिया मुख्यतः तीन वटा बुँदामा केन्द्रीत रहेको थियोे । गरूडा शहरी पूर्वाधार निर्माण,शिवनगर विधुत प्रशाखालाई शाखा बनाउन तथा शिवनगरकाे पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारका लागि कार्यक्रम अायाेजित गरिएको थियाे । कार्यक्रममा बाेल्दै सांसद साहले प्रधानमन्त्री ले गरूडा नगर विकासकाे लागि गरेकाे वाचा पूरा हुने बताउनु भएको थियो । गरूडामा रिंग राेड, विरेन्द्र राजमार्ग लाई ६ लाइनकाे राेड बनाउने सहित प्रमले गरेकाे वाचा पूरा गर्न तयार रहेको बताउनु भएको थियो । शिवनगर लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक समपदा सुचिमा सुचिकृत गर्न सके मात्र पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनु भएको थियोे । शिवनगर मन्दिरकाे प्रसंगमा बाेल्दै नेता साहले शिवनगर मन्दिरकाे पुजारी जग्गा धनी र महादेव माेही रहेकाे भन्दै यस्तो हास्यास्पद लेखत खडा गर्ने लाई कार्यवाही हुने बताउनु भयाे । शिवनगर लाई मधेस कै नमूना धार्मिक स्थल बनाउने प्रतिबद्धता साहले व्यत्त गर्नु भएको थियो । शिवनगर मन्दिरकाे नाममा ठगने ठगलाई अब नछाेडिने बताउनु भएको थियो । शिवनगर मन्दिर कुनै व्यतीकाे नाउँमा निजि जग्गामा हाे भने यसरी मेला लगाउन पाउँछ ?अनुमति लिएकाे हाे ?राज्यले टुलु टुलु हेर्ने ? जस्ता प्रश्नहरू पनि गर्नु भएको थियो । अन्त्यमा सांसद साहले नेपालमा क्राेनाभाईरस नरहेको र याे हल्ला मात्रै रहेकाेले सबै जाेगिन अाग्रह गर्दै अाउँदै गरेकाे हिन्दुहरूकाे रंग अबिरकाे पर्व हाेलीकाे अवसरमा सबैमा शुभकामना व्यत्त गर्नु भएको थियो । यस अवसरमा पूर्वमन्त्री प्रभु साह,प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नपाका मेयर सियाराम कुशवाहा,माधवनारायण नपाकी उपमेयर सिमल कुमारी साह, देवाही गाेनाही नपाकी उपमेयर परनिया देवी , पूर्व राज्यमन्त्री सत्यनारायण भगत बिन,चन्दन कुशवाहा ,उपेन्द्र साह सहित नेकपाका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रम काे समापन सभाध्यक्षता गरिरहेका प्रदेश सांसद कुन्दन कुशवाहाले गरेका थिए ।