रौतहट सदरमुकाम गौर सुनसान

937
गाैतम

रौतहट, १० चैत । कोरोना भाइरसको उच्च जोखिममा रहेका नेपाललाई सुरक्षित राख्ने उद्देश्यबाट भारत संगको सिमा बन्द गरिदा रौतहट सदरमुकाम गौर सुनसान भएका छन् ।
नेपाल सरकारले एक साताको लागि दुई मित्र राष्ट्र भारत र चिन संगको सिमाको सबै नाकाहरु बन्द गर्ने घोषणा सँगै रौतहटबाट भारत तर्फ बाहिरिने सम्पूर्ण नाकाहरु सोमवार विहान १० बजे देखि सिल गरिएका हुन् ।

तोकिएका सबारी साधन बाहेक सम्पूर्ण आवागमनमा प्रयोग गरिने सवारीसाधन ठप्प गरिएको अवस्थामा केही व्यक्तिहरु मुख्य नाका बाहेक चोरबाटो भएर आवागमन गरिरहदा सिमा सिलको कुनै अर्थ नभएको सचेत नागरिकले गुनासो गरेका छन् । मुख्य नाका भएर सर्व साधारणको आवागमनमा रोक लगाएपछि सर्वसाधारणहरु नाकाको बाटोभन्दा वैकल्पिक बाटो अपनाएर ओहोरदोहोर गरिरहेको पाइएका छन् ।

सिमा संग जोडिएका गाउँहरु भएकाले कतिपय सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा निर्बाध पुगिरहेका छन् । यसै गरी गोरेटो, खेतको आली भएर पनि सर्वसाधारणहरु दुई देशबीच ओहोरदोहोर गरिरहेको पाइएको छ । मुख्य बाटो भएर जान रोक लागेकोमा यसरी चोरबाटो भएर आवतजावत गर्दा ठूलो समस्या निम्त्याउन सक्ने भएको हुँदा समयमै स्थानीय प्रशासन सचेत बन्नुपर्ने नेकपाको नेता शम्भु साहले बताए । भारत विहारको सितामढी र पुर्वी चम्पारण गरी दुई जिल्लाको ३२ किलोमिटरको सिमा रौतहट जिल्ला संग जोडिएको छ । दुवै देशको सिमानामा दर्जनौँ गाउँहरु रहेका छन् ।