चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरे

268

काठमाण्डौ – कोरोना भाइरस (कोभिड-१९)को जोखिम न्यूनीकरण र अनुभव आदान-प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ । 

भिडियो कले चालेको कदम र पाएको सन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटानलगायतका विभिन्न २२ देशको सहभागिता रहेको थियो । कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा अन्य देशलाई जानकारी दिइएको थियो । 

भिडियो कन्फ्रेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक पक्षमा पारेकाे असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए ।

 चीनले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो ।