गरीब–मजदुरलाई खानाको व्यवस्था

248

जनकपुर ।। प्रदेश–२, सरकारले बन्दाबन्दीको अवधिमा न्यून आय भएका तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बन्दाबन्दीका कारण समस्यामा परेका गरिब मजदुरलाई प्रदेश सरकारले खानाको व्यवस्था गर्ने भएको हो ।

स्थानीय सरकारसंँग समन्वय गर्ने र तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय भएको हो ।

प्रदेश सरकारले पठाए बराबरको रकम स्थानीय तहले थपेर खाने व्यवस्था गर्न आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने गरी कार्यविधि बनाइएको छ ।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ।