कोरोना भाईरसबाट लडिरहेको समयमा विपन्न परिवारलाई गौर नगरपालिकाद्धारा राहत वितरण

230

रौतहट । विश्व कोरोना भाईरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण शुरु गरेको छ ।
कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको वेला दैनिक काम गरेर गुजारा गरिने त्यस्ता विपन्न परिवारहरुलाई एक छाक खानाको समस्या हुदै गएकोले गौर नगरक्षेत्रका त्यस्ता परिवारलाई पहिचान राहत वितरण गरिएको नगर प्रमुख अजय कुमार गुप्ताले बताए ।

आज आईतवार विहान गौर नगरपालिकाको सहयोगमा नगर प्रमुख गुप्ता, प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की, वडा नं २का वडाअध्यक्ष राकेश झाको उपस्थितीमा वार्ड नं २ स्थित मुसहर बस्तीका विपन्न तथा सीमान्तीकृत ८५ परिवारलाई राहत प्रति परिवार १५ केजी चामल, ३ केजी दाल, ४ केजी आलु, ५०० ग्राम खाने तेल र १ केजी नुन हस्तान्तरण गरीएको हो ।
गौर नगरक्षेत्रमा रहेका अति विपन्न, गरिव, असाहाय लगायतको पहिचान गरि आवश्क खाद्ययानहरुको परिपर्तिको लागि हामी तत्पर रहेको नगर प्रमुख गुप्ताले बताउदै विस्तारै प्रत्येकको घरघरमा हामी खाद्ययान पु¥याउने बन्दोबस्तीमा लागेको बताए ।गौर नगरपालिका र नगर प्रमुख गुप्ताको यस्तो कार्यलार्इ सवैले सरहना गरेको छ । यस्ता कार्यबाट अन्य स्थानीय सरकारहरूले पनि सिक्नु पर्ने हुन्छ ।