कोरोनाकाे कारण घर–घरमै चैते छठ मनाइँदै

263

रौतहट। कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण यसवर्ष घर–घरमै चैते छठ मनाइँदै छ ।
चैते छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । लकडाउनको कारण यसवर्ष रौतहट मिथिलाञ्चलमा घर–घरबाटै अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ दिइएको छ ।
भोली मंगलबार बिहान उदाउँदो सूयलाई अर्घ दिएपछि चैती छठपर्व विधिवत समापन हुने छ ।
घर घरमै भाँडो पानी राखेर अथवा खानेपानीको श्रोत रहेको कल, इनार भएको स्थानमा पूजा सामग्री राखेर साँझको अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका हुन् ।

चैती छठ गौरको विभिन्न पोखरी किनारहरुमा विशेष रुपले सजाएर जलासयबाटै अर्घ दिने परम्परा रहेको छ । यसदिनमा विशेष चहलपहल हुने गर्दछ । तर यसवर्ष लकडाउनको कारण घर–घरमै छठ मनाउँदा कुनै चहलपहल देखिएको छैन ।