कैलालीमा मोटरसाईकल अनियंत्रित हुँदा दुई जनाको मृत्यु।

613

खगेन्द्र हमाल अत्तरिया – गोदावरीमा मोटरसाईकल दुर्घटनामा घाईते भएका दुवै जनाको मृत्यु भएको छ । गोदावरीबाट अत्तरिया आउँदै गरेको से ३ प ३३६५ नम्बरको मोटरसाईकल गोदवरीको हनुमान मुर्ती भएको ठाउँ नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का श्याम कुवर रहेको र अर्का व्यक्तिको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बस्नेतले बताए । गम्भिर घाईते दुवैको सेति अञ्चल अस्पतालमा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का २६ बर्षीय श्याम कुमार कुँवर र मोटरसाईकलमै सवार अन्य एक जनाको मृत्यु भएको बताए। उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो। मोटरसाईकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।