सरमूजवा मुखियाले निर्दोष छोरालाइ वड़ा अध्यक्ष मिश्राले फसाएको आरोप

612

रौतहट  ११ फागुन //रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ८ सरमूजवा निवासी जंग बहादुर मुखियाले निर्दोष छोरालाइ वड़ा अध्यक्ष मुक्ति नारायण मिश्राले फसाएको आरोप लगाएका छन । स्थानीय वड़ा नम्बर ९ का वड़ा अध्यक्षको विरुद्ध सयौको संख्यामा आएका स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय अगाडी निर्दोषलाइ रिहा गर भन्दै प्रदर्शन समेत गरेका छ ।

गएको ९ गतेका दिन पसलमा रहेका २४ वर्षीय नवल किशोर मुखियालाइ वड़ा अध्यक्ष मिश्रा , आफ्नो भाई भतीजो छोरा सहित आई पक्राउ गरी पुरानो हतियार मोटर साइकलमा हालेर फसाएको पीडि़त को आरोप रहेको छ । पक्राउ परेका मुखिया सित रहेका स्थानीय नवल किशोर यादवले वड़ा अध्यक्ष मिश्रा उनका छोरा मुन्ना मिश्रा , भाई पुरुषोत्तम मिश्रा र भतीजो अभिशेख मिश्रा आएर मुखियालाइ चोर चोर भन्दै समातेर प्रहरीको जिम्मा लगाएको बताए ।

पक्राउ परेको बेला कुनै हातहतियार नभेटिए पनि भोली पलट खिया लागेको हतियार र गोली मोटर साइकलको सिट मुनिबाट फेला परेको प्रहरी चौकी बंकुलका प्रहरी नायव निरीक्षक कृष्ण बस्नेतले बताए पछि सडयंत्र गरिएको पुस्टि भएको यादवले बताएका छन ।
स्थानीय प्रत्यक्षदर्शी हरिओम मुखियाले प्रहरीको मिलोमातोमा निर्दोष युवकलाइ फसाइएकोको बताए । स्थानीयहरुले वड़ा अध्यक्षको छोरा भतीजाहरुले अध्यारो भएको बखत मोटरसाइकल चेकजाच गर्ने र रकम वसूलने गरेको आरोप समेत लगाएका छन ।

पक्राउ परेका मुखियाको आमा विरति देवीले छोरालाइ वड़ा अध्यक्षले फसाएको बताइन । प्रहरीले पक्राउ गरेको बखतमा छोराले वड़ा अध्यक्षले झूठो आरोपमा फसाएको बताएको सुनाउदै पसल खोलेर श्रम गर्दै आएका निर्दोस छोरालाइ फसाउने मिश्राको इस्वरले सजाए दिने श्राप दिए ।
वड़ा अध्यक्ष मिश्राले आफु मेथी लगाइएको आरोप निराधार भएको दावी गरे । गाउमा दर्जनौ मोटर साइकल चोरी भएको घटनाले आक्रांत भएका स्थानीय हरुले चोर चोरको हल्ला गर्दा मुखिया समातिएको बताएका छन । मिश्राले घटना स्थलबाट हथियार बरामद भएको स्वीकार गर्न सकेका छैन । उहाले भने भोली पलट प्रहरी कार्यालयमा ज्यादा हतियार बरामद भएको जानकारी पाएको प्रतिक्रिया दिएका छन । प्रहरी चौकी बंकुलका प्रहरी नायव निरीक्षक कृष्ण बस्नेतले घटना सम्वन्धमा छानविन भैरहेकोले प्रतिक्रिया दिन नमिल्ने बताए । प्रहरी उपरीक्षक रविराज खडकाले यस विषयमा केहि बोल्न चाहेंन ।