विवाह किन गर्दैन सलमान खान

756

काठमाडौं // बलिउड सुपरस्टार सलमान खान फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै र उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् ।

उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान खानकाे विवाहको विषयमा आलटाल गरे उम्किन्छन् । सलमान खानकाे भनाइ अनुसार विवाहमा अाफुलाइ बिश्वास नरहेकाे बताए ।

तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । उनले विवाहप्रति विश्वास नभएको बताउँदै भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ । अब यो विस्तारै विस्तारै गायब हुनसक्छ ।  तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुखसुखमा साथ दिन्छन् ।