लाखौं रुपैयासहित २ जना पक्राउ

690

रौतहट १३ फागुन ।। रौतहट राजदेवी नगरपालिका – ८ लक्ष्मिपुर स्थित सशस्त्र प्रहरी बल¸ नेपाल वि.ओ.पि. बेलविछवाबाट स.प्र.नि. अजय कुमार थापाको कमाण्डमा खटिई गएको ९ जनाको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 05 R 9464 नम्बरको मोटर साईकलमा सवार जिल्ला रौतहट कटहरिया नगरपालिका ६ बगही बस्ने अन्दाजी वर्ष २० को नवल किशोर साह र भारतको जिल्ला सितामढी बैरगनीया १४ बस्ने अन्दाजी वर्ष २३ को सन्नी कुमारलाई शंका लागि चेकजाँच गर्दा निजहरुको शरिरमा लुकाई राखी अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु १९¸०१¸१५०।- नेपाली रुपैया¸ मोटर साईकल १ वटा र ३ वटा मोबाईल सहित निज २ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको भनि सशस्त्र प्रहरी बल¸ नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतज्यूले जानकारी दिनु भएको छ ।