रौतहटमा समाजवादी पार्टीको बिसु अभियानपछि

745

रौतहट १० फागुन । रौतहटको बौधीमाइ नगरपालिकाका अन्तर्गत रहेका बकुल बजारमा शनिवार बिसु अभियान सम्पन्न भएको छ ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियानका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा, विसु अभियानका क्षेत्र नं-२ अन्तर्गत आयोजित समाजवादी पार्टी रौतहट संगठन विस्तार सम्पन्न भएको छ।

अभियानमा केन्द्रिय सदस्यद्वय पूर्वसांसद बबन सिंह , विश्वनाथ पटेल , जिल्ला इन्चार्ज वृज यादव , समाजवादी पार्टी रौतहटको जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाको नगर प्रमुख  धर्मेन्द्र पटेल , मेयर राजु यादव , जिससका उपसभापति बशिष्ट यादव,युवा नेता पुर्व जिल्ला उपाध्यक्ष श्याम विहारी यादब उपमेयर प्रेमलाता कुश्वाहा ,, जिल्ला, क्षेत्र र नगर स्तरीय नेताहरू लगायत पत्रकारहरूको उपस्थितिमा क्षेत्र नं-२ का क्षेत्र स्तरीय अभिमुखिकरण कार्यक्रम बंकुल बजारमा सम्पन्न भएको छ।