मेयर साहमाथि हातपात गरेको आरोपमा तीनजना पक्राउ

336
डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साह

राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा तीनजना युवक पक्राउ परेका छन् ।

नगर प्रमुख साहमाथि गालीगलौज गर्दै कर्मचारीहरुमाथि हातपात गरेको आरोपमा डाकनेश्वरी नगरपालिका ३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना लगत्तै पक्राउ परेका तीन जनासहित डाकनेश्वरी नगरपालिका ५ का महेश्वर प्रसाद यादव, वडा नम्बर ७ का गजेन्द्र प्रसाद साहविरुद्ध मुनगर प्रमुख साहले बुधबार जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जतीको उजुरी दिएका छन् ।

आरोपित महोश्वर प्रसाद र गजेन्द्र प्रसाद फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए । डाकनेश्वरी नगरपालिका ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा मंगलबार सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका नगर प्रमुखलाई उनीहरुले दुव्र्यवहार गर्दै कर्मचारीहरुमाथि हातपात गरेको नगर प्रमुख साहको आरोप छ ।

गाडीलाई चारैतिरबाट मोटरसाइकलले घेराउ गरी ‘ज्ञापनपत्र दिनु छ, अहिले कार्यालय हिँड’ भन्दै घिस्याउन खोजेको र कर्मचारीहरुले रोक्न खोज्दा उनीहरुमाथि नै हातपात भएको प्रमुख साहले बताए ।

नगर प्रमुख साहमाथि भएको हातपातको बिरोधमा बिहीबार जिल्लाका १८ वटै स्थानीय तह बन्द भए । नगर प्रमुख साहमाथि भएको आक्रमणको बिरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीमा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेपछि सप्तरीको ९ नगरपालिका र ९ गाउँपालिकाले सेवा बन्द गरेका हुन् ।

आर्थिक अनियमितताको विरोध गर्दै स्थानीय युवाहरुले डाकनेश्वरी नगरपालिका कार्यालयमा मंसिर २९ गतेदेखि ताला लगाएर गरेको आन्दोलन गत पुस १२ गते २२ बुँदे सहमतिपछि खुला भएको थियो । याे समाचार अन्न्ुपूणर् पाेस्टमा खबर राखिएकाे छ ।