प्रेमिकाको हत्याको आरोपमा २ दाजु पक्राउ

442

रौतहट, २६ माघ । प्रेम सम्बन्धकै कारण रौतहटको इशनाथ नगरपालिका ८ मन्सरीका २० बर्षिय छात्र मोहम्मद एहतेशामुल हकको हत्या भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आईतवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै एसपी रबीराज खड्काले गत माघ १५ गते राति भिनाजुको भारतीय नम्वरको मोटरसाइकल लिएर राजपुर नपाको अकोलवामा प्रेमिका भेट्न गएका युवक हकलाई प्रेमिकाको तिन जना दाईले घाँटी थिचेर हत्या पश्चात स्थानीय भकुवा खोलामा लाश फालेको जुन माघ २० गते स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेर अनुसन्धान गर्दा प्रेम सम्बन्धकै कारण हत्या भएको हो ।
माघ १५ गते राति ११ बजेको समयमा बासको घारीमा युवक हक र उनको प्रेमिका बसेर कुरा गरिहेको अवस्थामा हैदर अली, असगर अली, असरफ अलीले युवक हकलाई बाँधेर भकुवा किनारमा लगेर हत्या गरेको प्रहरीका गहन अनुसन्धानबाट पुष्टि भएको एसपी खड्काले बताए । अनुसन्धानकै क्रममा हैदर र असगरलाई नियन्त्रणमा लिएको तथा असरफ अझै फरार रहेका छन् ।
प्रहरीको गहन अनुसन्धानको क्रममा हैदर र असगरले आफू तिनै दाजुभाई मिलेर हकलाई मारेको स्वीकार गरिसकेको जानकारी दिदै एसपी खड्काले मृतकको वुवा शेख महम्मद रइसुल आजमको किटानी जाहेरीको आधारमा नियन्त्रणमा रहेका दुवैजना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडी बढाएको उनले भने ।
जुद्ध मावी गौरमा कक्षा ११ मा अध्ययनरत छात्र समेत रहेका युवक हक माघ १५ गते साँझ ५ बजेको समयमा इशनाथ नपा ५ मोतिपुर भिनाजुको घर जादै छु भनेर घरबाट निष्केका थिए । भिनाजुको घरबाट सोही दिन ९ बजेको समयमा विआर ०५सि८२९९ नम्वरको मोटरसाइकल लिएर पुन ः घर फर्किने भनेर त्यहाबाट विदा भई राजपुर नपाको ७ अकोलवा गाउँमा प्रेमिका भेट्न फोन गरे तर भनेको ठाउँ टाढा हो त्यहाँ सम्म आउन डर लाग्छ भन्दा युवतीको घर छेउमै रहेको बाँसघारीमा आएर कुरा गर्दै गरेको अवस्थामा युवतीको दाईहरु घरमा बहिनी छैन भनेर खोज्दै जाँदा बाँसघारीमा दुवैलाई कुरा गरिरहेको देख्दा युवती घर तिर भागे तर हक गाउँबाहिर भाग्न लाग्दा भकुवा खोला किनारमा समाती हकको हत्या भएको बताइएको छ ।
भोली पल्ट विहानै प्रेमिकाले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेन, राति दाईले लगाएको पाइन्टमा हिलो लागेको हुँदा उनलाई शंका भएपछि हकको घरमा फोन गरेर खोजतलास गर्न भनेका थिए । हकको परिवारले निकै खोजतलास गर्दा समेत भेटिएन । प्रहरीमा माघ १६ गते खोजतलास गर्न निवेदन दिए अन्तत ः माघ २० गते विहान हकको शव भकुवा खोलामा फेला परेपछि प्रहरीको ६ दिनको अनुसन्धानबाट अपराधी पत्ता लाग्यो । नियन्त्रणमा रहेका युवतीका दाईहरु विरुद्ध कारवाही प्रक्रिया अगाडी बढाएको बताउदै एसपी खड्काले केही दिन भित्रै अपराधीलाई कानुनको डायरामा ल्याउन हामी सफल भयौं ।