जनकपुर जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

318

जनकपुरधाम-जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।दुई जना महिलाले आफूमाथि जबरजस्ती करणी भएको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिएपछि प्रहरीले आरोपित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।

धनुषाको नगराईन नगरपालिका वडा-७ मा बस्ने दिलसाज नदाफले पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। नदाफले पटक पटक जवरजस्ती करणी गरेको महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी थिइन्।

महिलाको उजुरीको आधारमा नदाफलाई पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरी प्रवक्रा कार्कीले जानकारी दिएका छन्।

त्यस्तै धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा गाउँभन्दा ४ सय मिटरको दूरीमा रहेको अरहरको वारीमा स्थानीय ३२ वर्षीय श्रीकिसुन दासले जवरजस्ती करणी गरेको उजुरीको आधारमा दासलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्। घटनामा संलग्न अन्य फरारहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ।