छोरी शिक्षा बिमा कार्यक्रम आजदेखि ईशनाथ नगरपालिकामा सुरु

678

रौतहट । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम आज बुधवार ईशनाथ नगरपालिकामा सुरु भएको छ ।
ईशनाथ नगरपालिका औरैया स्थित श्री जनता माध्यमिक बिधालयबाट नगर प्रमुख सन्तोष मेहताले अध्यक्षता गर्दै सो कार्यक्रमको उद्घाटन गरेका छन । कार्यक्रममा पहिलो दिन लगभग ५० जना छोरीको बिमा गरिएको नगर प्रमुख मेहताले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मेहताले छोराछोरीबीचको भेदभाव हटाउँदै महिला हिंसाका घटना न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरु गरेको जानकारी दिएका छन।
आज बुधवार ईशनाथ नगरपालिका वडा नम्बर १, २ र ३ औरैयामा सो शिविर संचालन भएको र बाकी दिन पनि सोही ठाउँमा शिविर सुरु सुने नगर प्रमुख मेहताले बताए ।
कार्यक्रममा ईशनाथ नगरपालिकाका नगर उपप्रमुख, बेटी बचाउ बेटी पढाउकि संयोजम सोभा साह, नगरपालिकाका वडा अध्यक्षहरु, स्थानिय बासी,पत्रकार  लगायतका सहभागीता रहेको थियो ।