ऋषि कपुरले ६७ औँ जन्मदिन मनाए

310

एजेन्सी .// बलिउड अभिनेता ऋषि कपुरले केही अघिमात्र ६७औँ जन्मदिन मनाए । उनी अमेरिकामा क्यान्सरकाे उपचार गराएर भारत फर्किएका छन् ।

अमेरिकामा ऋषिलाई साथ चाहिँ नितु सिंह कपुरले दिइरहेकी  छिन् । 

नितु सिंह आफैंमा एक अभिनेत्री हुन् । एक दशकको करिअरमा केही हिट फिल्म दिइन् । उनको जोडी ऋषि कपुरसँग धेरै जमेको थियो । उनीहरूले यश चोपडाको फिल्म ‘कभी–कभी’मा सँगै काम गरे । यही फिल्मबाट उनीहरूको प्रेम सुरु भएकाे हाे । 

नितुभन्दा पहिला ऋषि पर्सियन युवती यास्मिन मेहतालाई प्रेम गर्थे । तर, बिस्तारै नितु र ऋषिको मित्रता झांगियो, जुन प्रेम हुँदै विवाहसम्म पुग्यो । ‘पहिलोपटक ऋषिसँग आरके स्टुडियोमा भेट भएको थियो । जहाँ उनको फिल्म बाबीको सुटिङ चलिरहेको थियो । तर, हाम्रो गहिरो परिचय जहरिला इन्सानको सेटमा भयो ।

मलाई पहिलोपटक उनीसँग भेट्दा त्यति राम्रो लागेको थिएन । मलाई लाग्यो कि ऊ रुखो मान्छे हो,’ नितु भन्छिन्, ‘तर, बिस्तारै दोस्ती बढ्यो र विवाहमा परिणत भयो ।’ नितुले विवाहपछि फिल्मी करिअर समाप्त गरेकी थिइन् ।

उनीहरूको विवाह १९८० जनवरी २२ मा भएको थियो । त्यही वर्ष छोरी रिद्धिमा र दुई वर्षपछि छोरा रणवीर जन्मिए । रिद्धिमा ज्वेलरी डिजाइनर हुन् भने रणवीर अहिलेका चर्चित बलिउड नायक हुन् ।