आफ्नै कार्यकाल भित्र नगरका विद्यालयहरुलाई नमूना विद्यालय बनाउने:- मेयर_सकिल

376

रौतहट ।। रौतहटको राजपुर नगरपालिकाका मेयर शेखसकिलअखतर र नि. प्रमुख प्रशासकीय अधिकृत बैजुठाकुरले आफ्नै कार्यकाल भित्र वडा नं. ५ राजपुर फरहदवामा रहेको श्रीजनता_माध्यामिक विद्यालयलाई जिल्ला मै एउटा नमुना विद्यालय बनाउने बताएका छन् ।

हाल सम्म विद्यालयको लागि नयाँ भवनको शिलान्यासको साथसाथै काम पनि शुरु भइसकेको र आधुनिक प्रविधिको पढाईका लागि चाहिने कम्प्युटर, विज्ञानप्रयोगशालाका सामग्री, शिक्षकको निरन्तर उपस्तिथिको लागि थम्पीङमसिनको जडान आदि धेरै जस्ता काम गरि सकेका छन् । तथा आउने समयमा विद्यालयका लागि आवश्यक पर्ने हर थोकको व्यवस्था गर्ने प्रतिवद्धता गरेका हुन ।