आजदेखि छाेरी शिक्षा बिमा राजपुर नपामा शिविर सुरू

823

रौतहट २८ माघ –रौतहटको १६ वटा नगरपालिका र २ वटा गाँपालिकामा संचालनमा रहेको छोरी शिक्षा बिमा कार्यक्रम आज मंगलबार राजपुर नगरपालिका वडा नम्बर ३ डमारमा सो शिविर संचालन सुरु भएको छ ।

राजपुर नगरपालिका वडा नं. ३ राजपुर डमार चोक स्थित स्वास्थ चौकीबाट नगर प्रमुख शेख सकिल अख्तरद्धारा कार्यक्रमको उद्घाटन गरेका छन । कार्यक्रममा पहिलो दिन लगभग ६० जना छोरीको बिमा गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले बताएका छन ।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत रहेको छ । प्रदेश सरकारले यसअघि अभियान अन्तर्गत २०७५ माघ १ पछि जन्मेको छोरीहरूको १ लाखको शिक्षा बिमा गरिदिने घोषणा गरेकोमा उक्त रकम बढाएर तीन लाख रुपैयाँ र्पुयाइएको हो ।

निमित प्रमुख प्रशासकिय अधिकृत ठाकुरले छोराछोरीबीचको भेदभाव हटाउँदै महिला हिंसाका घटना न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरु गरेको बताए ।

सो कार्यक्रम बाकी दिन पनि सोही ठाउँमा शिविर सुरु हुने निमित प्रमुख प्रशासकिय अधिकृत ठाकुरले बताए ।