अाठाैं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिताको पथम छनौट कार्यक्रम सम्पन्न

589

राैतहट २६ माघ ।। अाठाैं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०७६ को पथम छनौट कार्यक्रम अाइतबार सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले महिला शशक्तिकरणका लागि राजदेवी मिडिया सेन्टरले बिगत अाठाैं वर्ष देखि संचालन गर्दै आएको महिला साइकल दौड प्रतियोगिताको निरन्तरता र सफलताको शुभकाम्ना दिनु भयो।महिलामुखी कार्यक्रमलाई गौर नगरपालिकाले बिशेश प्राथमिकतामा राखेको नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भयो। गौर सिरसिया जाने बाटोमा सम्पन्न भएको सो छनौट कार्यक्रमबाट १६ जनाले फाल्गुन ८ गते हुने अन्तिम चरणका लागि आफ्नो स्थान सुरक्षित बनाउन सफल भएका छन। कार्यक्रममा गौर वाडा नम्बर ५ का वाडा अध्यक्ष राम स्वार्थ यादबले कार्यक्रमको निरन्तरतामा जोड दिनु भएको थियो।गौर नगरपालिकाका उपमेयर किरण कुमारी ठाकुर , युवा नेता ओमप्रकाश साह मधेसिया लगायतका ब्यक्तिहरुको सक्रिय सहयोग तथा उपस्थिति रहेको थियो।