अस्पतालमा सामान्य अवस्थामा डाक्टरको लापरवाहीले मृत्यु भएको पीडितको आरोप

628

रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेका जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार गराउन गएका एक जना पुरुषको शुक्रवार मृत्यु भएको छ । छाती र पाखुरा पछाडि दर्द भैरहेको भन्दै अस्पताल पुगेका स्थानीय बृन्दाबन नगरपालिका वड़ा नम्बर ५ नरकटिया भवानीपुर का ५० वर्षीय दीपलाल साह कानूको मृत्यु भएको हो ।
आकस्मिक कक्षमा प्राथमिक उपचार पछि सामान्य अवस्थामा ईसीजी गराउनको लागि गएका साहको ईसीजी कक्ष मै मृत्यु भएको छ । १० मिनट भित्र साहको मृत्यु भएको हो । ईसीजी कक्षमा गएका साह अचानक अचेत भएर भुईँमा लडको थियो । मेशिनमा राख्नु भन्दा पहिला नै ढलेका साहको डाक्टर आउनु भन्दा पहिला नै ज्यान गइसकेको थियो ।
टेलीफोन मार्फत कुरा गर्दै एक्सरे रूममा पुगेका साहको अचानक मृत्यु भएको चिकित्सकहरुले बताएका छन । साह सँगै रहेका बाराको लक्ष्मण लाल महतोले समयमा डाक्टर आऊंन नसकेको कारण ज्यान गएको आरोप लगाएका छन । सँगै अस्पतालमा आउदा इमरजेंसीमा रहेका स्वास्थ्यकर्मीहरुले गलत औषधि दिएको कारण मृत्यु भएको पीडि़तहरुको आरोप रहेका छन ।
मृतकका छोरा अरविन्द प्रसाद साहले डाक्टरको लापरवाहीको कारण बुवाको मृत्यु भएकोले कार्यरत डाक्टर माथि कÞानूनी कार्यवाही हुनु पर्ने मांग गरेका छन । मृत्यु पछि ईसीजी कक्षमा औषधि हरु हालेको दावी गरे । अस्पताल जस्तो संवेदनशील ठाउमा चिकित्सक गैर जिम्मेवारी भूमिका निर्वाह गरेकोले कार्यवाही नगरे सम्म शव जिम्मा नलिने उद्घोष गरेका छन ।
इमरजेंसीमा रहेका अहेव राजेश सिंहले उपचार गराउन आएका साह सामान्य अवस्थामा रहेको बताएका छन । छाती ,पेट तथा पिठ्युं पछाडीको भागमा दर्द हुनुको साथै ग्यासको समस्या रहेको बताएकोमा त्यसै को औषधि दिइएको सिंहले बताए । मधुमेह र हृदयाघातको विरामी रहेका साहको चीनीको मात्रा बढ़ी पाइए पछि थप परिक्षणको लागि एक्सरे कक्षमा पठाएको बताए ।
एक्सरे नहुँदै साहको मृत्यु भएको ले के कुन कारण मृत्यु भएको यकीन भन्न सकिने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेंडेंट डाक्टर कृष्णा साहले बताए । सामान्य अवस्थामा रहेको साहको मृत्युले आश्चर्यमा परेको बताउँदै दुखित समेत भएको जनाए । माथिल्लो तल्लामा शैलीक्रिया गर्ने तयारीमा रहेको बेला खबर आऊँन साथ ज्यादा खेरी विरामीको मृत्यु भइसकेको थियो उनले भने अचेत अवस्थामा गर्नु पर्ने क्रियाकलाप गर्दा पनि चेतना आऊन नसक्दा मृत्यु भइसकेको आफन्तहरुलाई जानकारी गराएको बताए ।
चिकित्सकको कुनै लापरवाही नरहेको ठोकूवा गरे । डाक्टर रंजन राठौरले सामान्य अवस्थामा रहेका व्यक्तिको एकछिन मै भएको मृत्युले आश्चर्यचकित भएको बताए । मृत्यु हुने अवस्थाको नरहेको साहको मृत्यु दुखद रहेको बताए । कुनै परिक्षण नै हुन नसकेको ले मृत्यु को कारण भन्न सकिने अवस्था नरहेको जिकिर गरे । प्रारंभिक लक्षण अनुसार मृत्यु हृदयाघातको कारण नै भएको अनुमान गर्न सकिने अवस्था रहे पनि स्वाथ्य परिक्षण नै हुन नसकेकोले ठोस रुपमा भन्न सकिने अप्ठ्यारो रहेको छ । दर्द ,पसीना आउनु , चीनीको मात्रा बढ्नुले अनुमान सम्म गर्न सकिने अवस्था रहेको छ ।