अवैध लागू औषध गाँजासहित एक जना मोटरसाइकलसहित नियन्त्रण

362

जनकपुर १० फगुन ।। महोत्तरीको औरही प्रहरी चौकीले शनिबार बिहान अवैध लागू औषध गाँजासहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। मानिस भने भाग्न सफल भएको प्रहरीले जनाएको छ। औरही प्रहरी चौकी इन्चार्ज राजेन्द्र मण्डलका अनुसार गौशालानगरपालिका वडा नम्बर ३, नवराजपुर र औरही नगरपालिका वडा नम्बर २ फूलबरिया जाने सडकको संगमस्थलबाट ६किलो गाँजा लिएर जाँदै गरेको ना २६प ७७४ को मोटरसाइलक नियन्त्रणमा लिइएको हो।

तर गाँजा ल्याउने मानिस भने प्रहरी टोली देख्नेबित्तिकै मोटरसाइकल छाडेर भागेको प्रहरीले जनाएको छ। इन्चार्ज मण्डलकै नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान ७ बजे गाँजासहितको मोटरसाइकल नियन्त्रणमा लिएको हो।