वर्षदेखी कर्मचारीबिहिन कलैया उपमहानगरको कृषि शाखा

589

बारा // बाराको कलैया उप-महानगरपालिकामा कृषि शाखामा कर्मचारी नहुँदा नागरिकले कृषि सेवा पाउनबाट बञ्‍चित भएका छन्। लामो समयदेखि कृषि शाखामा आवशयक कर्मचारी नहुँदा नगरका किसानहरु एवम सेवाग्राहीहरुले शाखाबाट पाउने दैनिक सेवासँगै अन्य सेवा सुबिधा पनि पाउनबाट बञ्‍चित भएका हुन्।

२०७४ सालमा स्थानीय तहको चुनाव भएपछि कृषि शाखा स्थानीय तहको मातहतमा आएपनि आवशयक कर्मचारीहरुको ब्यावस्था अहिलेसम्म पनि नहुदा नगरका किसानहरु कृषि शाखाबाट पाउने सेवा सुबिधाहरुबाट बञ्चित हुदै आएका छन्।

उप महानगरको कृषि शाखाबाट पाइने सेवा सुविधासँगै सरकारी अनुदानको बिउ बिजन, मल खाद एवम् कृषि यन्त्र लगायतका सामान पनि अहिलेसम्म केही नपाएका कलैया उप-महानगरासलका वडा नम्बर १८ का किसान शिवपुजन यादवले बताए।उनले नगरपालिकाबाट किसानहरुले अहिलेसमम खासै कृषि समबन्धि सेवा सुबिधा बिउ बिजन, मल खाद एवम् कृषि यन्त्र लगायतका सामानहरु पउन नसकेको गुनासो गरे।

उनले नगरपालिकामा पनि कृषि समबन्धि बिभिन्न कामहरु लिएर जादा कृषि शाखामा कर्मचारीहरु नै नभएकाले सेवा पाउन कठिनाई हुने गरेको बताए।‘उप महानगरका किसानहरुले नगरको कृषि शाखाबाट पाउनुपर्ने सेवा खासै पाएका छैनौ’, यादवले भने,‘नगरपालिकामा जादा पनि कृषि शाखामा कर्मचारीहरु नहुदा समयमा काम हुँदैन।’यादवले गत बर्ष केही किसानहरुले बिषादी छर्ने टयाङकी पाएको भन्दै अरु खासै सुविधाहरु पउन नसकिएको बताए।

उनले अहिले उप महानगरपालिकाले नै कृषि समबधि बिभिन्न उपकरण मल खाद बिउ बिजन लगायतका सेवा सुबिधाहरु किसानको लागि दिने भनेर सुनेको भएपनि कलैया उप महानगरपालिकामा खासै त्यस्तो सेवा सुबिधा अहिलेसम्म पाउन नसकेको जिकिर गरे।

‘सरकारले किसानहरुको लागि मलखाद बीउ-बिजन कृषि उपकरण सहुलियतमा दिने भनेको सुनेको छौ’, किसान यादवले भने, ‘तर हामीले त्यस्तो खासै कुने सेवा सुबिधा पाएका छैनौ।’दैनिक १० देखि १५ जना सेवाग्राहीहरु आउने गरेको उप महानगरपालिकाको कृषि शाखामा कर्मचारी नहुदा उक्त शाखा अहिले पशु क्षेत्रका २ जना कर्मचारीको भरमा चल्दै आएको छ।शाखामा कर्मचारी नभएका कारणले कृषि शाखामा पशु क्षेत्रका महबुब अन्सारी र सुरेश धमलाले जसो तसो सञ्चालन गर्दै आएका छन्।

कृषि शाखामा कर्मचारी नभएका कारण आफुहरुले शाखामा आउने गरेका किसानहरुको समान्य कामहरु जस्तै उनीहरुको गुनासो सुन्ने,सिफारिस गर्ने,नवीकरण गर्ने,समुह सहकारीको नवीकरण लगायतका समान्य कामहरु गदैृ आएको शाखामा कार्यरत महबुब अन्सारीको भनाई छ।उनले कर्मचारी अभावका कारण अहिलेसम्म किसानहरुलाइ बितरण गर्ने सहुलियत दरको कृषि यन्त्र, मलखाद,बिउ बिजन लगायतका कार्यक्रमहरु गर्न नसकिएको बताए।

‘कर्मचारी अभावले गर्दा समस्या छ,अ्रन्सारीले भने,जसोतसो किसानहरुको समान्य कामहरु सिफारिस गुनासो सुन्ने लगायतका हामीले गर्दै आएका छौ ।’शाखामा कर्मचारीहरु नभएका कारण आफुहरुलाई पनि समस्या परेको कलैया उपमहानगरपालिकाको कृषि शाखामा कार्यरत पशु प्राविधक सुरेश धमला गुनासो गर्छन।

उनले दैनिक रुपमा शाखामा आउने किसानहरुको काम नहुदा किसानहरुको रुखो बोली सुन्नु परेको धमलाको भनाइ छ।‘कर्मचारी नहुदा हामीलाइ पनि धेरै गाह्रो भएको छ, धमलाले भने, ‘दैनिक आउने गरिब किसानहरुले सेवा नपाउदा रुखो ब्यावहार देखाएर हप्काउँछन्।

’चुनाव भएको लामो समय बितिसक्दा पनि केन्द्र सरकारले अहिलेसम्म कर्मचारी नपठाउदा उप महानगरपालिकाका किसानहरुलाई दिनुपर्ने सेवा सुबिधा दिन नसेको स्विकार्दै उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेलबासेले शाखा नै ठप्प हुने अवस्थामा पुगेको बताए।

उनले अहिले लोकसेवा आयोगबाट सिफारिस भएर केही कर्मचारीहरु आउने थाहा पाएको भन्दै केही दिनमा आवशयक कर्मचारीहरु आई हाल्ने बिशवास बेलबासेले ब्यक्त गरे।उनले कर्मचारी अभावका कारण किसानहरुलाइृ भएको समस्यालाई मध्यनजर गर्दै उप महानगरका अन्य शाखाबाट भएपनि कर्मचारी खटाएर सेवा दिने प्रयासमा आफू लागेको जिकिर गरे।barakhabar.com