रौतहटमा टिपरको ठक्करबाट साईकल चालकको मृत्यु

898

रौतहट । रौतहटमा टिपरको ठक्करले एक जना साईकल चालकको मृत्यु भएको छ । जिल्लको चन्द्रपुर नगरपालिका ८ सन्तपुर स्थित सुबलाल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर दिदा जिल्लाको बृन्दावन नगरपालिका १ बलरी गाउका ३३ वर्षय बिगल पटेल भन्ने राज कुमार पटेलको मृत्यु भएको हो । ठक्कर लागेपछि उपचारका लागी चन्द्रपुर हस्पिटल प्रा.लि.मा लयाउने क्रममा मृत्यु भएको हो । मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएका थिए । ठक्कर दिने टिपर र चालकलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरिएको छ भने मृतक पटेलको शव पोष्टमैडका लागी चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाईएको छ ।