राष्ट्रियसभा उम्मेदवार चयनका लागि राजपाको बैठक बस्दै

912

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न आज सचिवालयको बैठक बोलाएको छ ।बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको चयन लगायत उखु किसानले गरिरहेको आन्दोलनको विषयमा छलफल हुने राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।

राष्ट्रियसभा सदस्यका लागि विभिन्न प्रस्तावहरु आएका छन् ती सबैमाथि छलफल हुने उनले बताए ।

पार्टी स्रोतका अनुसार हालसम्म राष्ट्रियसभा सदस्यका लागि ६०–७० जनाले दावी गरेका छन् । यीमध्ये दुईजनाको नाम छनौट गर्नुपर्ने हुन्छ । अध्यक्षमण्डलका लागि दुईजनाको नाम चयन गर्न फलामको च्युरासरह नै हुने अनुमान गरिएको छ ।

पुस २० गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि नै उम्मेदवारको नाम टुङ्गो लगाउनुपर्ने हुन्छ ।ratopati.com