राज्यमन्त्री डिम्पल झाले दिइन् राजिनामा

733

जनकपुर // प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले पदबाट राजिनामा दिएकी छन् । मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री पदबाट उनले राजिनामा गरेकी हुन् ।मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री डाक्टरले पदबाट राजिनामा गरेकी हुन् ।
राजपा नेपालकाे तर्फबाट राज्यमन्त्री रहेकी डाक्टर झाले प्रदेश सरकारको काम कार्यवाही प्रति असन्तुष्ट हुँदै पदबाट राजिनामा गरेको झाद्धारा लिखित राजिनामा पत्रमा उल्लेख छ ।


नेकपा राजपा नेपालको समिकरणबाट राष्टिय सभाका दुई दुई उम्मेवारलाई विजय बनाउन सफल भए पछि प्रदेश सरकारमा समेत उनै समिकरणको सरकार बन्ने तथा केन्द्रमा केही मन्त्रीपदमा राजपा नेपालले सरकारमा सहभागिता जनाउने हल्ला अहिले व्यापक रुपमा चलि रहेको छ ।
केही समय अगाडी मात्रै प्रदेश नं.२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले राजपाका मन्त्रीहरुका कारण प्रदेश सरकार बदनाम भएकाले केही मन्त्रीहरुलाई हेरफेर गर्ने अभिव्यक्ति संघिय राजधानी काठमाण्डौंमा दिएका थिए ।
राजिनामा गरेकी राज्यमन्त्री डाक्टर झा राजपा नेपालका संयोजक मण्डलका सदस्य अनिल कुमार झा कि श्रीमती हुन् ।