मधेश भ्रमण नगरे नेपाल भ्रमण अधुरो हुने :- राज्य मन्त्री मण्डल

540

रौतहट ।। प्रदेश २ सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले मधेशको भ्रमण नगरे सम्म नेपालको भ्रमण सफल नहुने बताउनु भएको छ ! शनिवार रौतहटको गौरमा भिजिट मधेश नेपाल रौतहट द्वारा आयोजित तराई मधेशमा पर्यटन प्रवर्धन सम्वन्धी अन्तर्क्रिया तथा भिजिट मधेश २०२० को उदघोषण कार्यक्रममा सम्वोधन गर्दै राज्य मन्त्री मण्डलले निति गत रुपमा केन्द्रीय सरकारले मधेशलाइ ६ टुक्रामा बाड़े पनि मधेशको ऐतिहासिक ,पुरातात्विक ,प्राकृतिक सम्पदा ,धार्मिक स्थल ,पर्यटकीय स्थल बन जंगल ,झरना लगायत प्रसिद्द स्थल घुम्नु पर्ने रहेको बताए !
माता जानकीको जन्म स्थल जनकपुर ,भगवन गौतम बुद्धको जन्म स्थल लुम्बिनी शान्तिको प्रतिक मानिने ठाउ रहेको बताउँदै मधेश पर्यटकीय स्थलको भण्डार रहेकोले भ्रमण नगरे नेपालको भ्रमण अधुरो हुने बताए ! नेपाल भ्रमण वर्ष २०२० घोषणा गरे पनि मधेश आर्थिक रुपमा बलियो नहुने सडयंत्रले केन्द्रीय सरकार भन्सारमा कड़ाई गरेको आरोप लगाए ! छिमेकी मुलुक भारतबाट बढ़ी पर्यटक मधेश आउने भएको ले भ्रमण बर्षमा मधेशमा नै पर्यटक भित्रिने अवस्थालाइ हेरेर संघीय सरकार भारतीय सवारी साधनमा प्रतिवंध लगाउने सडयंत्र गरेको उहाको भनाइ रहेको छ ! वर्षमा तिस दिन मात्र विदेशी सवारी साधन नेपाल आऊंन सक्ने भन्सार नियम सरकारले लगाएका छन ! एक वर्षमा ३० दिन नेपालमा रहने सक्ने भएकोले विदेशी पर्यटकको उपस्थति न्यून हुने र प्रदेश सरकारको आर्थिक अवस्था कमजोर हुने बताउँदै यो व्यवस्था हटाउनु पर्ने माग समत गरे !
प्रदेश सरकारले पर्यटन , कृषि र उद्योग गरि तीन आधार लिएर विकाश गर्ने लक्ष्य लिएको बताए ! प्रदेश भित्र रहेका विभिन्न धार्मिक स्थल ,पोखरि ,ताल ,तलैया , मठ , मंदिर , पुल , बन जंगल , शहीद पार्कको संरक्षण ,प्रवर्धन गर्ने तर्फ लगानी गर्ने रणनीति बनाएको बताए ! राज्य मन्त्री मण्डलले पर्यटकलाइ बॉस बस्ने ,घूमने , बातावरण हुनु पर्ने धरना राखे !
कार्यक्रममा प्रदेश सांसद रामकिशोर प्रसाद यादवले प्रदेश सरकारले पर्यटनको विकासमा कार्य गर्नु पर्ने बताए ! संघीय सरकार माथि लक्षित गर्दै प्रदेश सांसद यादवले भने भारतीय सवारी साधनमा भन्सार प्रवेश माथि लगाइएको समय सिमा हटाउनु पर्छ हटाएन भने भ्रमण वर्ष असफल हुने दावी गरे ! तराई मधेशको पर्यटकीय स्थल ,ऐतिहासिक धरोहर , संस्कृति ,परम्परालाइ विश्व सामु पहिचान बनाउने र प्रर्यटक भित्रयाउने उदेश्यले भिजिट मधेश बनाइएको छ ! मधेशको आर्थिक समृद्धिको लागि यसको परिकल्पना गरिएको भिजिट मधेशका ग्लोबल मैनेजर प्रमोद राज सराफले बताए ! कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य रेवन्त झाले मधेशको विकास पहिचानको मेरुदंड हुलाकी राजमार्ग भएकोले तीव्र निर्माणको लागि दवाव दिनु पर्ने बताएका छन ! मधेशको समस्या चूरे दोहन ,बन विनास रहेकोले चूरे दोहन रोक्नु पर्ने धरना व्यक्त गरे ! नेता झाले अवैध उत्खननले वर्षिणी मधेशमा आवौको भौतिक क्षति हुने गरेकोले चूरे संरक्षण गर्नु पर्ने जोड़ दिदै शिक्षाको स्तर उकास्न भिजिट मधेशले भूमिका निर्वाह गरिदिनु पर्ने आग्रह गरे ! रौतहट प्रदेश सभा २ख को प्रदेश सभाका प्रत्यासी एवं साझेदारी बन उपभोक्ता समूहका संयोजक रामचन्द्र गिरीले दिन प्रति दिन तीव्र रुपमा विनास हुदै गएको वनको संरक्षण गर्नु पर्ने जोड़ दिए ! नदी बाट प्रति वर्ष हुदै आएको क्षतिको न्यूनीकरणको लागि नदी नियंत्रण गर्नु पर्ने बताए ! नेता गिरीले चूरेमा भैरहेको उत्खनन को रोक्नु पर्ने मांग समेत गरे ! भिजिट मधेशको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ! अन्तर्क्रिया कार्यक्रममा राजपा नेपालका सह महासचिव अनिल कुमार सिंह , राष्ट्रिय जनता पार्टी नेपाल रौतहटका अध्यक्ष शेख जमशैद , राजनितिक विश्लेषक चिरंजीवी सिंह , गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता ,जनमत पार्टीका मधेशी युवा पुञ्जका संयोजक ललित चंद्र मल्लिक ,लगायतका वक्त हरुले पर्यटक भित्रियॉँउनका लागि बाटोघाटोको विकास , बास बस्ने होटलको विकास , यातायातको सुविधा , शांतिपूर्ण वातावरण , सरसफाई हुनु पर्ने तर्क गरेका छन ! पर्यटकलाई सुरक्षा ,गरिने व्यव्हार अच्छा हुनु पर्ने उहाँहरुको कथन रहेको छ ! भिजिट नेपाल रौतहटका संयोजक अभिमनु कुमार पटेलको सभापतित्वमा संपन्न भएको कार्यक्रमको संचालक दिनेश संगमले गरेका थिए ! कार्यक्रममा विभिन्न क्षेत्रबाट आवद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो !