मधेशमा उँखु खेतीका उन्नत प्रविधि चुनौतीहरु तथा उपायहरु

769

डा. श्रीभगवान ठाकुर
कृषि विज्ञ

उँखुको अवस्था

नेपालमा चिनी दैनिक रुपमा प्रयोग हुने उपभोग्य वस्तुको कच्चा पदार्थ उखु नै भएकोले औद्योगिक तथा नगदे वालीको प्रमुख स्थानमा रहेको छ । यसको खेती औद्योगिक दृष्टिकोणले तराईमा गरीन्छ । नेपालमा उखुको उत्पादकत्व बर्षौ देखि ३६ देखि ४६ मेट्रिक टन प्रति हेक्टर मात्र रहेको छ । जुन छिमेकी राष्ट्र भारतको महाराष्ट्रको तुलनामा एक तिहाई मात्रै छ । हाम्रै देशका केही अनुभवी कृषकहरुले ९० देखी १०० टन प्रति हेक्टर उत्पादन गरेको रेकर्ड पनि पाईन्छ । नेपालमा कूल चिनीको आवश्यकता (माग) भन्दा थौरे चिनीको उत्पादन भई बाँकी ५० हजार देखि १ लाख क्वी.सम्म (लगभग ५५प्रतिशत) चिनीको माग बाहिरीमुलुकबाट आयात गर्नु परेको अवस्थाले धेरै मुद्रा विदेशीने गरेको छ । जबकी हाम्रो देशमा जम्मा १३ वटा चिनी मिलहरु मध्ये हाल १० वटा मात्र सुचारु रुपले चलिरहेको छ । उखु उत्पादनको सम्भावना हेर्ने हो भने प्रकृतीले तराईको लागी वरदान भनेर दिएको छ । हाम्रो माटो, मौशम, भूबनोट, सामाजिक, आर्थिक अवस्था आदी सबै उखुको लागी उत्तम रहेको छ । हाम्रो देशको तराईको जिल्लाहरु मध्ये उखु खेती गरीने जिल्लाहरुमा रौतहट, सर्लाही, सिराहा, महोत्तरी, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, धनगढी आदी हुन् । उक्त जिल्लाहरु मध्ये मध्यमाञ्चलका सर्लाही, रौतहट, महोत्तरी, बारा र धनुषा तथा पश्चिमाञ्चलका नवलपरासी, कपिलवस्तु जिल्लाहरु क्षेत्रफलको हिसावले बढी नै स्थान ओगेटेको छ । नेपालको कुल उखुं उत्पादन २००७ मा हालसम्मको बढी २५.९९ लाख मे.ट. ततपश्चात २००८ मा २४.८५लाख र २००९ मा २३.५४ लाख मे.ट. रहेको छ । २०१७।१८ मा ६४,४८३ हे. २९.३ लाख मे.टन उत्पादन भई उत्पादकत्व ४५.४ टन प्रति हे. रहेको छ । विश्वा क्षेत्रफलमा ३५ औं, उत्पादनमा ४१ औं र उत्पादकत्वमा ६७ औं स्थानमा रहेको छ । यसवाट यो प्रष्ट हुन्छ कि बर्षेनी उखुं उत्पादन घटने र पुनः मिलको संख्या बढदा बढेको अवस्था छ ।
उखु उत्पादन गर्ने प्रमुख जिल्लाहरुको विवरण (कृषि तथा सहकारी मन्त्रालय, २००९ –१०को तथ्यांक अनुसार)

२०६७/६८ क्रसिंग सीजनमा श्रीराम सुगर मिल्स, गरुडा रौतहटले लगभग २० लाख क्वी., ईन्दु शंकर चिनी मिल, हरिऔनले २५ लाख क्वी तथा एभरेष्ट सुगर मिल्स, रामनगरले २२ लाख क्वी उखु पेलेको थियो भने गत वर्ष करीब ११ लाख श्री राम सुगर मिल्स, गरुडाले, ३५ लाख ईन्दु शंकर हरियोन र ३४ लाख क्वीनटल एभरेष्ट सुगर गौशालाले पेलेको थियो । हाल अन्नपूर्णा र महालक्ष्मी चिनीमिल सर्लाहीमा थप्दा उँखु आपूर्ति विभाजित भएको छ । २०६७ सालमा उखुको भाउ पनि सरकार, उखु उत्पादक, संघ तथा चिनीमिल मालिकको निणर्यले बृद्धि गरी रु. ४११.५ प्रति क्वीन्टल थियो भने हालमा सरकारी अनुदान सहित रु. ६३६ गरेकोले आर्कषक देखिन्छ । उखु उत्पादनबाट कृषक, मिल मालिक, कर्मचारी तथा उपभोक्ता सम्पूर्णको हकमा धेरै नै महत्वपूर्ण रहेको छ । तथापी कृषक, कर्मचारी, मिल मालिक तथा उपभोक्ता सबै वर्गमा समस्या नै समस्या रहेको छ जुन सरकार, मिलमालिक, उखु कृषक सबै संबेदनसील हुनु आवश्यक देखिन्छ ।

नेपालमा २४०,००० मे.ट. चिनीको उत्पादन हुन्छ । चिनी सन्मा २०१६।१७ मा रु. ३.६८ अर्वको ५६,१०० मे.ट. र २०१७।१८ मा रु. ५.७२ अर्वको १०६,२०० मे.ट. बाहिरबाट आयात गरिएको थियो ।

उँखु खेती तथा उत्पादनका फाईदाहरु 

  • ठूलो तथा मध्यम किसानले धान, गँहु खेतीमा पटक पटकको श्रमिक एवं खर्च लगाउने झन्झटिलो हुनबाट बच्न सकिन्छ ।
  •  उँखुबाट सोझै एकमुष्ठ ठुलो रकम आउन सकिने नगदे बाली हो, जसबाट कुनै ठुलो नयाँ काम गर्न सहयोग मिल्दछ ।
  •  उँखु रोपाई तथा कटाईको बेला कृषकहरुलाई फुर्सद रहने भएको हुनाले श्रमिक तथा कृषि औजारहरुको प्रयोगमा कुनै प्रतिष्पर्धा हुदैन ।
  •  एक वर्ष लगाएपछि २/३ वर्ष सम्म काटन सकिने भएको एक रोपाई ३ कटाई गरीने बाली भनिन्छ । जसले गर्दा लागत कम आम्दानी बढी हुन्छ ।
  • उँखु खेतीबाट कटाईको बेला सुकेका पातहरुले गरीबहरुको दाउराको समस्या हल भई वन जंगल कटानीको नियन्त्रणमा पनि सहयोग पु¥याउछ ।
  • उँखुको हरीयो माथिल्लो टुप्पा तथा पात गाई, बस्तुको लागी पोषिलो घाँस मानिएको हुनाले दुध उत्पादन समेतमा सहयोग पु¥याउछ ।
  • यसवाट छाडा पशु पालन नियन्त्रण हुनुका साथै खाली जमीनको सदुपयोग हुन्छ ।
  •  उँखुको सुकेका पात तथा पतिङ्गरबाट घर छाउनुका साथै राम्रो कम्पोष्ट मल बनाउन सकिने भएको हुनाले यसको खेती गर्न बाह्रय रसायनिक मल नभए पनि हुने बाली हो ।
  • उँखु चिनी मिलमा पठाउन नचाहे भेली बनाएर पनि ६०–६५ रु. प्रति के.जी को दरले बेचेर राम्रो आम्दानी गर्न सकिन्छ वा खादसारीमा पनि पठाएर आम्दानी गर्न सकिन्छ ।
  • उँखु खेती अरु बाली गर्न नसकिने जग्गा जस्तै पानी जम्ने, कम मलिलो, अम्लिए, क्षारीय माटो असिचिंत समेतमा गर्न सकिन्छ ।
  • उँखु खेतीलाई उम्रेको केही दिन पछि असिना, धेरै चिसो, छाडा गाईबस्तुले धेरै नोक्सान पु¥याउन सक्दैन ।
  • उँखु खेतीमा ढुवानी, कटानी, रोपाई माटो चलाउन तथा मिलमा कर्मचारी श्रमिकहरुको धेरै आवश्यकता भएको हुनाले बेरोजगारी समस्या समेत समाधान गर्न सकिन्छ।
  • उँखु बालीको उम्रने अवधि लामो तथा बृद्धि विस्तारै हुने भएकोले दुई वटा पंक्तिको बीचमा अर्को नगदे बालीहरु जस्तै : तोरी, मसुरो, धनिया, खुर्सानी, हरियो मल बाली जस्तै : मुंग, बोडी उत्पादन गरी अतिरिक्त फाईदा लिन सकिने बाली हो
  •  धेरै रोग किरा नलाग्ने, लागे पनि एकदमै धेरै नोक्सान नहुने बाली हो ।
  • सिचांईको सुविधा मै भर नपर्ने बाली हो ।
  • उँखुबाट भेली बनाउदा लाग्ने सम्पूर्ण दाउरा उँखु पेल्ने मेशीनबाट निस्किने सिटीबाट प्राप्त गर्ने गरीन्छ ।
    चिनी मिलले यसको उपउदपादहरु जस्तैः स्पिरिट, अलकोहल, मोलासीयस, कागज, प्रेसमड, विजुली तथा मल पनि बनाएर थप आम्दानी गर्ने गरिन्छ ।

उँखु खेती फस्टाउन नसक्नुका कारणहरु 
(क) कृषकस्तरका

  •  कृषकले एकदमै हेलचक्रयाई गरी उँखु खेती गरेको ।
  • गरीब कृषकहरुले रोप्ने बेला मल, वीउ, लेबरको बढी लागत धान्न नसकेको ।
  •  सिफारिस अनुसारको उन्नत खेती प्रविधि अपनाउन नसक्नु ।
  •  बीमा, ऋण तथा वितिय सुविधा प्राप्त नगर्नु ।
  • सिचांई, मल चाहिएको बेलामा उपलब्ध नहुनु ।
  • उखु ढुवानी गर्न चिनी मिलबाट दिईने पुर्जी (चलान) समयमा नपाउनु एकको चलान अर्कोलाई दिनु वा बेच्नु ।
  • उँखु ढुवानीका साधन नपाउनुका साथै ढुवानी साधन तौल हुने (संकलन केन्द्र) काँटा/मिलबाट छिट्टै खाली नहुनु ।
  • तौलको बेला जरतीको नाममा २ देखि २० प्रतिशतसम्म काटनु ।
  • उँखुको रकम पाउन धेरै समय लाग्नु ।
  • चिनी मिलको प्राविधिकबाट प्राविधिक सहयोग सरसल्लाह नपाउनु ।
  • उँखु ढुवानी फाल्गुन भित्र गर्न सकियो भने निःशुल्क कटानी हुने, पछि गर्मीको कारण घाँस कम प्राप्त तथा मसुरो गहुँ कटानीमा व्यस्त हुने भएकोले पछि ढुवानी गर्न उचित नमान्ने ।
  • चिनी बढी पर्ने उदेश्यले मिलले समयमा मिल चालु नगर्नाले कृषकलाई अनावश्यक दुःख हुनु ।

(ख) चिनीमिल स्तरका 

  •  मिलले सही तथ्यांक (जात, किसान, क्षेत्रफल, अनुमानित उत्पादन) नराख्नु ।
  •  मिल सुचारु रुपले नचली मेशिनरी समस्या हुनु ।
  •  मिलमा दैनिक क्रसिङ्गको क्षमता बढी उखु मिल /काँटामा भीड लाग्नु ।
  •  नियमीत तरीकाले उखु ढुवानी नहुनु ।
  •  उखु प्राविधिकहरुले छिटो, मुख्य सिजन तथा ढिलो जातका उखुहरुको खेती न गराई जथाभावी गराउनु ।
    नगदी किन्न सक्ने पुँजी नहुनु, चिनी तुरुन्तै विक्री गर्न न सक्नु ।
  •  धेरै चिनी पर्ने उखु/खुंटी जात व्यस्थित भएर मिलमा नपुग्नु ।
  •  कहिले काही ट्रक, टैक्टर, विग्रेर जाममा पर्नुले मिल निरन्तर रुपमा नचल्नु ।
  •  मिलमा क्षेत्रफल उत्पादन तथा मिलको क्रसिङ्गको क्षमताको तालमेल न मिल्नु ।
  •  कर्मचारीहरुले कृषकबाट पैसा लिई चलान दिनु ।
  •  काँटामा एकको उखु अर्कोमा थपेर वा बजन घट बढ गर्नु ।
  •  उँखु सालै भरि प्राप्त नहुनुका साथै भंडारण गर्ने व्यवस्था नहुनु ।
  •  मिलले आफनो एरीयाको उखु हुदाँ हुदै अर्को मिलका कृषकको उखु नगदी खरीद गर्नु ।
  •  नियमित कृषकको रकम नदिइ अनियमित कृषकको रकम अनियमित तरीकाले भूक्तानी दिनु ।
  •  संगठित र व्यवस्थित तरीकाको कमी तथा मीलबाट समयमा अनुगमन नहुनु ।
  •  मोरहन र खुटी उखु उत्पादनका प्रविधि राम्रो किसिमले कृषकलाई नदिनु ।

(ग) नेपाल सरकार स्तरको 

  •  सरकारको नितीमा उखुलाई प्राथमिकतामा न पार्नु तर अव उखुलाई राष्ट्रिय बालीको रुपमा घोषण भएको ।
  •  सिचांई, उन्नत जातको विउ तथा मलको उपलब्धता समयमा न गराउनु ।
  •  उखुमा अध्ययन अनुसंधान गराउन नठान्नुका साथै उक्त विषयमा उद्योगपतिलाई जिम्मेवारी हुने धारणा हुनु ।
  •  बीमा, वितिय सुविधा अनुदान तथा ऋण विधिवत तरीकाबाट उपलब्ध गराउन नसक्नु ।
  •  चीनी मिललाई रुग्न उद्योगको व्यवस्था नहुनु जसले मर्कामा परेको मिल धनीले सहुलियत पाउन सक्ने ।
  •  उखुँको भाउ निर्धारण, सम्झौता, चिनी आपुर्ती तथा आयात निर्यातको नितिगत व्यवस्था नमिलाउनु ।
  •  स्थानीय तथा प्रदेश सरकारले उखु उत्पादन प्रविधि विकास, प्रवद्र्धन तथा समस्या समाधानमा सहयोग नगर्नु ।
  •  कृषक, कर्मचारी तथा मिल बीचको द्धन्दको अनुगमन तथा सही सहजीकरण नगर्नु ।

उखु उत्पादनका उन्नत प्रविधिहरुः
माटो तथा हावापानीः
उखुको राम्रो उत्पादनको लागि साधारण तया पानीको निकास भएको मलिलो बलौटे दोमट माटो चाहिन्छ । उपयूक्त माटो पी.एच. ६.५ देखि ७.५ सम्म चाहिन्छ । पानी न जम्ने माटो, ठीक बर्षा हुने, समशीतोष्ण किसिको हावापानीमा राम्रो उत्पादन हुन्छ ।
नेपालमा पाईने उखुका जातहरुः–
१. छिटो तयार हुने जातहरुः– जीतपुर १, जीतपुर २, बी.ओ १२८, बी.ओ. ९९, यू.पी १, को. १३३६, को. ६६१३, कोश ६११, बी.ओ १०, ३४, ४३, ४७, को. ५२७, ९९७,
२. मध्ये सिजनमा तयार हुने जातः– कस. ७६७, बी. ओ. ११०, कोसे. ९२४२३, कोसे ९२४३०, को. ११४८, को.११५८, को.७४०, को. ४१९, ४४९,४६७, ८५३, ९७५ आदि
३. मुख्य सिजनमा पाक्ने जातहरुः– बी.ओ. ८८, बी.ओ ९१, बी.ओ.११५८,को. ७९१८ र को.८३१५

विशेष अवस्थामा लगाउने जातहरुः

  •  पानी जम्ने जग्गाको लागीः– बी.ओ.९१, कोसे. ९२४२३, बी.ओ. ९९, १२८ र कल्क ८००२
  • असिचित उच्चा जग्गाको लागीः– बी.ओ.८८, बी.ओ ९१, कस. ७६७, र यू.पी १
  •  सिचित जग्गाको लागीः– जीतपुर १, जीतपुर २, बी.ओ १२८, कोसे. ९२४२३, कोसे ९२४३०,
  •  जाडो मौसममा रोप्न सकिने जातः– बी.ओ ८८
  •  कम मलजल उपलब्ध हुने स्थितिमा लगाउने जातः– जीतपुर २, बी.ओ ९१,बी.ओ १२८ ।

जग्गाको तयारी तथा मल खादः–

उखु खेती बाट राम्रो आम्दानी लिनको लागी जग्गा गहिरोसंग जोताई गर्न आबश्यक हुन्छ । माटोको अबस्था तथा किसिम अनुसार ४।५ पटक खनजोत गर्नु बेश हुन्छ । जग्गा तयार गर्दा प्रत्येक पटकको जोताईमा लिड्का लगाई राम्ररी माटोको डल्ला फोर्नु जरुरी हुन्छ । यसरी तयार गरिएको जग्गामा धमिरा तथा गवारो कीराहरु बाट बचाउनको लागी ल्कोरोडेन वा एल्ड्र्ीनको धुलो प्रति कठा ७०० ग्रामको दरले माटोको उपचार गर्नु पर्दछ । यसको साथसाथै ४ केजी नाईट्रेजन यूक्त रसायनिक मल, २ के.जी फस्फोरस मल र १.५ के.जी पोटास मल प्रति कठा हाल्नु पर्दछ । यी मलहरु मध्ये नाईट्रेजन मल माघ फाल्गुण महिनामा रोपिएको उखु बालीमा आधा भाग जग्गाको तयारी गर्ने बेलामा र बांकी आधा भाग बैशाख जेष्ट महिनामा टपड्र्ेसिङ्ग गरि दिनु पर्दछ । त्यसै गरी अशोज कार्तिक महिनामा लगाईएको उखु बालीमा बांकी आधा भाग नाईट्रेजन मल माघ फाल्गुण तीर टपड्र्ेसिङ्ग गरी दिनु पर्दछ । यी रसायनिक मलको अलावा सम्भव भएमा प्रतिकठा ४०।५० टोकरी कम्पोष्ट मल हाल्दा उखुको उत्पादन राम्रो हुन्छ । तोरी प्रशस्त पाईने ठाउंमा तोरीको पिना ४०।५० के.जी प्रति कठा उखु रोपिने खाल्टोमा हाल्नाले उत्पादन बढाउनमा निकै हदसम्म शहयोग पुग्दछ ।

बीउ दरः–
तीनवटा आंख्ला भएको १५०० टुक्रा अथवा मोटो जातको लागी २०० के.जी र मसिनो जातको लागी १८० के.जी प्रति कठा जती बीउको आबश्यक पर्दछ । बीउको लागि उखु छनौट गर्दा शूद्ध जातको खेतबाट, रोग किरा नलागेको, खुटीबाट नछानी मोरहनबाट, दह्रो बोटबाट, ९, १० महिनाको उमेरको उखुबाट छनौट गर्नु पर्दछ ।
बीउ उपचारः–
उखुको बीउ रोप्नु भन्दा अगाडी ०.५ प्रतिशतको अगालल वा ०.२५ प्रतिशतको एरिटन् वा ०.१ प्रतिशत को बेनगार्ड घोलमा कम्तीमा पनि ५ मिनेट सम्म तीन आंख्ले बीउका टुक्राहरुलाई डुबाई राख्नु पर्दछ ।
उखु रोप्ने समयः–
शरद कालिनः अशोज–कार्तिकमा लगाइन्छ । यो सीजनमा उखु १५, २० ५बढी उत्पादन भने ०.५ ५बढी चिनी उत्पादन हुन्छ । यो सीजनमा लगाउँदा आलु, धनिया, तोरी पनि अन्तरबालीको रुपमा लगाईन्छ ।
बसन्त कालिनः माघ– फाल्गुणमा लगाईन्छ । यो सीजनको उखु ८० ५ जति कृषकले लयाउने गर्दछ । यो सीजनमा लगाउँदा मुंग, भिन्डी, खुर्सानी, लौका फर्सी पनि अन्तरबालीको रुपमा लगाईन्छ ।

उखु रोप्ने तरिकाः–
(क) समथर भागमा रोप्ने तरिकाः–
यस बिधिमा तयार गरिएको समथर जमिन माथी उखुका बीउ (टुक्रा) लाइनमा राखिन्छ अनि पछि माटोले पुरिने काम गरिन्छ । यस बिधिमा एक लाइन देखि अर्को लाईनको दुरी करिव ३ फिट हुनु जरुरी हुन्छ ।
(ख) नालीमा रोप्ने तरिकाः–
यो तरिकामा ट्रेक्टर वा हलो वा कोदालोले ६ ईन्च जति गहिरो नाली बनाउंदै जाने र तीन आंख्ले उखुका बीउलाई रोप्दै जाने र पुर्दै पनि जानु पर्दछ । अर्को तरिकामा उखु रोप्नु भन्दा करिव १०।१५ दिन अगावै १ फिट गहिरो नालीहरु तयार गरी कम्पोष्ठ, गोबर मल छरिन्छ । त्यसपछि बीउ रोप्ने समयमा रसायनिक मल नालीमानै प्रयोग गरी पहिले प्रयोग गरिएको मल संगसंगै माटो पनि मिलाई सकेपछि मात्र उखुको बीउ रोप्ने काम गरिन्छ ।
उखु रोप्ने दुरीः–
एक लाइन देखि अर्को लाईनको दुरी ३ फिट हुनु पर्दछ भने बीउ बाट बीउकोृ दुरी एक बीउ बाट अर्को बीउ जोडेर रोप्नु पर्दछ ।

सिचाई तथा निकासको व्यबस्थापनः–
उखु रोपेको करिव २ महिना भित्र पहिलो पटकको सिचाई र त्यसपछि २०।२५ दिनको फरक पर्ने गरी सिचाई दिई रहनु पर्दछ । यदि बर्षा शुरु भएको छ र पानी परी रहेको छ भने उखु लगाईएको जग्गामा पानी जम्न नदिईकन पानी निकासको व्यबस्था गरी हाल्नु पर्दछ ।
झारपात नियन्त्रणः–
उखु रोपेको १५।२० दिन पछि कोदालोको शहायताले उखुको दुई लाईनको बीचमा सावधानी पूर्बक हल्का तवरले गोडमेल गरी दिएको खण्डमा माटो हल्का हुन गै उखु राम्ररी उम्रन मद्धत गर्दछ । झारपात नियन्त्रणको लागी रसायनिक औषधी प्रयोग गर्नु परेको खण्डमा उखु रोपेको २।३ दिन मा टाफाजीन ५० डव्लु पी अथवा अट्रफक ५० डव्लु पी अथवा डाययूरोन ५० ग्राम २५० लिटर पानीको दरमा घोल बनाई स्प्रे गर्नाले उखुबालीमा आउने प्राय सबै किसिमका झारहरु लाई नियन्त्रण गर्दछ ।
उखुबालीमा लाग्न सक्ने कीरा तथा रोगहरुः–
कीराहरुमा मोथ, गवारो, स्केल, धमिरा, मेली बग आदि र रोगहरुमा रेड रट्, स्मट, रस्ट आदि यी समश्याहरुको लागी रोग निरोधक बीउको छनौट गर्ने रोप्नु भन्दा अगाडी बीउको उपचार गर्ने र कीराको लागी समय समयमा थायोडन वा डेसिस १ यम.यल प्रति लिटर पानीको दरमा घोल बनाई स्प्रे गर्नु पर्दछ ।
उखुबालीमा माटो चढाउने र बांध्ने कामः–
उखुको बोट २।३ फिट अग्लो भएपछि कोदालोले प्रत्येक बोटमा माटो चढाई दिनु पर्दछ । यस्ले बर्षा मौसममा उखुको बोट ढल्न बाट बचाउंछ । श्रावण महिनाको अन्तमा उखुका बोटहरु लाई उखुकै सुकेका पातहरुको चेन बनाएर एकै लाईन भित्रका गच्छाहरु लाई एक अर्को सित बाध्नु पर्दछ । तर उखुको बोट निकै अग्लो भै सकेको भएमा त्रिभुजाकार बिधिले एक लाईनको एक गुच्छालाई एक साथ मिलाएर बाध्नु उपयूक्त हुन्छ । यस्ले बर्षा मौसममा चल्ने हावाको कारण बाट ढल्न रोक लगाउंछ ।
उखु काट्ने समयः– हिउदे बाली फाल्गुणमा र बसन्ते चैत्र महिनामा काट्न उपयूक्त हुन्छ ।
उत्पादनः–
माथी उल्लेखित तरिका बाट उखुखेती गरेको खण्डमा एक कठा जग्गाबाट ३० देखि ४० क्वी. सम्म उत्पादन लिन सकिन्छ भने चिनीको मात्रा पनि कमसेकम १४।१५ प्रतिशत हुन सक्दछ ।
उखु उत्पादक र चनी मिल विच हुने झंझट वादविवाद सुल्झाउन केही उपायहरु ः
 उँखु उत्पादक कृषक समुह पालिकाका वडा र गाउं गाउंमा गठन ।
 प्राविधिकको सहजीकरणमा उखु जातको छनौट तथा खेती प्रविधिको वारे तालिम ।
 समुहद्धारा छिटो, मुख्य सिजन तथा ढिलो जात का उखु रोप्ने तालमेल आंफै मिलाउने ।
 क्षेत्रफल तथा उखु जातको तथ्यांक कृषक समुह आंफैले मिलमा जानकारी गराउने ।
 नेपाल सरकारले अथवा चिनी मिलले उँखुको रकमवाट पछि काट्ने गरी विउ, मल, सिचाइ, विषादिको व्यवस्था न्युनतम व्याजमा समुहको आवश्यक मांगको आधारमा दिने ।
 कृषक समुह द्धारा चिनी मिल संग उँखु कटानी भन्दा अगाडी कति टन उँखु कहिले आपुर्ति र भूक्तानी गराउने कुराको सम्झौता गर्ने ।
 पहिलो किस्ता रोप्ने बेलामा १५ देखि २० प्रतिशत, उखु आपूर्ति भए पश्चात तुरन्तै ५० प्रतिशत र बाँकी आपूर्तिको ३० देखि ४५ दिन मा व्यवस्था मिलाउने ।
 कृषकहरुको उखुको सप्लाई गरेको रेकर्ड समुहले राख्ने तथा सो तौल बराबरको रकम भुक्तानीको लागी समूहको बैंक खाता वा कृषकको बैंक खातामा कहिले पठाउने सो को एउटा पत्र पठाई वा एस एम एस द्धारा जानकारी गराई खातामा समय समयमा रकम पठाईदिने गर्नु पर्दछ ।
 यस तरीकाले गर्दा चलान लिन, स–साना ढुवानी साधनको भीड नलाग्ने, रकम लिन सम्पूर्ण कृषक जानु नपर्ने, थोरै स्टाफमा काम हुने, रकम चोरीको संभावना नहुने, निरन्तर उखु उत्पादक तथा चिनी मिल मालिक बीच गरमा गरम नहुने जस्ता फाइदा हुन्छ।

निष्कर्ष 
तराईमधेशको भूभागलाई प्रकृतिको वरदानको रुपमा भएकोले यसवाट अरु देशको तुलनामा उंखु खेतीको सँभावनाका साथै नागरीकको जीविकोपार्जनमा प्रत्यक्ष भूमिका खेल्ने भएकोले, उखुलाई अति नै उत्पादन योग्य वनाउन तथा जलवायु परिवर्तनको प्रभावले जग्गा खाली हुन नदिन तथा आपूर्ति र भूक्तानीको समस्या रहित बनाउन नगदे वालीमा नेपाल सरकार (तहगत सरकार), चिनी उद्योगपति र कृषक समेत एकदमै जोड दिन हामी सवैले तुरुन्तै पहल गर्नु पर्ने देखिन्छ । अन्यथा कपास, कार्पेट,वनस्पति, गार्मेन्ट, चुरोट, कागत, आदि जस्तै चिनी मिल पनि वन्द हुन वेर न लाग्ला साथ साथै हाम्रो परनिर्भरता समेत वढ्ने देखिन्छ र राष्ट्रको सुखी नेपाली, समृद्ध नेपालको नारा प्राप्ती नहोला ।
“उखूंबाली, सबैको साथी“