फिल्ममा एयरफोर्स पाइलटको भूमिका खेल्दै कंगना

357

मुम्बई : कंगना रनावत स्क्रुवाला प्रोडक्सनबाट बन्न लागेको फिल्ममा एयरफोर्स पाइलटको भूमिकामा देखिने भएकी छन्। सर्वेश मेवाडाको निर्देशनमा बन्ने यो फिल्मको शीर्षक ‘तेजस’ रखिएको छ। दुई सातापहिले कंगनाले यो फिल्म गरेकी हुन्। फिल्मको सुटिङ जुलाईबाट सुरु हुनेछ।

कंगनाले भनिन्, ‘म पहिलेदेखि नै फिल्ममा सैनिकको भूमिका निर्वाह गर्न चाहन्थें। बचपनदेखि नै मलाई सशस्त्र बलप्रति आकर्षण थियो। उनीहरू देश र नागरिकलाई सुरक्षित राख्छन्। त्यसैले यो फिल्ममा काम गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ।’

फिल्मको तयारीबारे उनले भनिन्, ‘फिल्मको सुटिङ सुरु हुनुभन्दा पहिले कठिन प्रशिक्षण लिनुपर्नेछ। यसका लागि निर्देशकले ट्रेनरको मद्दत लिने फैसला गरेका छन् ता कि म असली पाइलटजस्तै महसुस गर्न सकँु’, कंगनाले भनिन्, ‘म रोनी र सर्वेशप्रति आभारी छु जसले मलाई यो असाधारण पटकथाका लागि छनोट गरे।’ आफू फिल्ममा युनिफर्म लगाउन हतारिएको पनि उनले बताएकी छ। बर्दीमा देखिनु आफ्नो जीवनको सबैभन्दा आकर्षक क्षण हुने उनको भनाइ छ।

कंगना अहिले फिल्म ‘थलाइवी’ को सुटिङमा व्यस्त छिन्। यसको सुटिङ सकिन लागेको छ। यो फिल्मपछि उनले ‘तेजस’ को सुटिङ गर्ने छिन्। ‘अहिले मेरो पूरा ध्यान थलाइवी (तमिलनाडुकी पूर्वमुख्यमन्त्री जय ललिताको बायोपिक) को सुटिङमा छ। यसपछि तेजसको काम सुरु हुनेछ’, उनले भनिन्।