फतुवा बिजयपुर नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी

778

रौतहट ।। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी भएको छ । हिजो दिउँसो शिक्षक लगायत कर्मचारीको टोलीले नगरपालिका भित्र रहेका कर्मचारीलाई बाहिर निकालेर मुलगेटमा तालाबन्दी गरेका हुन् । नगरप्रमुख गोपाल राय यादवको लापरबाहीले गत साउनदेखि नै तलब खान नपाएको भन्दै आक्रोशित कर्मचारी र शिक्षकहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । शिक्षक, स्वास्थकर्मी, कर्मचारीको समूह नारावाजी गर्दै जुलुससहित नगरपालिका पुगेको थियो । तेस्रो नगरपरिषद् नभएको बहाना बनाउँदै मेयर यादवले नगरक्षेत्र अन्तर्गतका तीन मावी, आठ निमावी र १९ वटा प्राविका शिक्षकका साथै अन्य कर्मचारीलाई गत साउनदेखि हालसम्म तलव नखुवाएको मावी दुधिअवाका शिक्षक रञ्जनप्रसाद खरेलले बताउनुभयो ।