नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

962

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

काँग्रेसको सोमबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सहभागी हुने भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गते देखिको कार्यसमिति बैठक पौडेलले बहिष्कार गर्दै आएका थिए ।

गत शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा सहमतिका खाका तयार भएपछि त्यसलाई लिपिबद्ध गर्न आज बैठक बस्न लागेको हो ।