नेकपा केन्द्रीय कमिटीकाे बैठक तीन साता पछि सर्‍यो

476

काठमाणडाै ।। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक तीन साता पर सारिएको छ।

यसअघि यही पुस २३ गते राख्ने भनिएको केन्द्रीय कमिटी बैठक आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले माघ १५ गतेका लागि सार्ने निर्णय गरेको हो।

राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा नेताहरूले बताएका छन्।

आजै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ।

यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदै छ।