नक्कली भारतीय नोटसहित एक जना पक्राउ

784

पर्सा । दुई हजार दरको नक्कली भारतीय रुपैयाँ सहित एक जना वीरगञ्जबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने २९ वर्षीय रियाज देवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति कार्यालयबाट खटिएको प्रहरी टोलीले महागरपालिकाको वडा नम्बर ८ मा रहेको बसपार्कस्थित होटल साह प्याराडाइजमा चेकजाँच गर्ने क्रममा देवानको साथबाट दुई हजार दरको तीनवटा नक्कली भारतीय नोट फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।