दलितकाे नाउँमा ठगदै हिड्ने ठग लाई राैतहट प्रहरीले गर्याे पक्राउ

1001

राम प्रबेश प्रसाद रजक /राैतहट/माघ १
दलितको नाउँमा ठग्दै हिडेका एकजना व्यत्तीलाई राैतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाे व्यत्तीलाई भ मईलाका प्रहरी कार्यालय फतुअा विजयपुर राैतहटले अाज सार्वजनिक गरेको छ । २०७६ साल पुष २८ गते साेमबारकाे दिन दिउँसो तीन बजे काे समयमा ईप्रका लक्ष्मीनिया विजयपुर बाट खटेकाे गस्ती टाेलिले फतुअा विजयपुर नपा वार्ड नम्बर ८ बुनियादटाेल बाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सर्लाही बलरा नपा ३ लक्ष्मीपुर टाेल घर भएका उमेश कुमार मिश्रा काे छाेरा ज्ञानेन्द्र कुमार मिश्रा रहेको प्रहरीले जनाएको हाे । गरिब तथा दलित विकास काेष नेपाल चन्द्रपुर ४ राैतहट (युएनएलअारपि) नामक संस्थाकाे कर्मचारी हुँ र मेराे नाम जितेन्द्र कुमार यादव हाे । मेराे घर जिल्ला राैतहट सरूअठा वार्ड नम्बर २ मा हाे । हाम्रो संस्थाले दलित ,विपन्न ,गरिब र पिछडिएका वर्गहरू लाई कम ब्याज दरमा लगानी गरिरहेकाे छु । माैकाकाे फाईदा लिनु भनी प्रलाेभन देखाई सुरूमा तपाईंहरूले समूह गठन गर्नु पर्छ , गठन गरि सकेपछि ऋण समिति बनाउनु पर्छ साे पश्चात् तपाईंहरू मध्ये अग्रिम सेवा सुल्क रू पाँच सय दिनेले पचास हजार सम्म ऋण पाउने,पन्ध्र सय दिनेले एक लाख ऋण पाउने,बाईस सय पचास तिर्नेले एक लाख पचास हजार ऋण पाउने छ । अासवासन देखाई २३ जना बाट एकचालीस हजार रकम संकलन गरि हिडेका थिए । नाम परिवर्तन गरि ठग्दै हिडेका मिश्रा त्यसपछि साेहि वाडकाे दलित बस्ती (चमारटाेलमा) त्यस्तै अर्काे समूह बनाउन लागेकाे अवस्थामा ईप्रका फतुअा विजयपुर बाट खटेकाे गस्ती टाेलीले शंका लागि साेधपुछ गर्ने क्रममा मिश्रालाई पक्रेकाे हाे । गरिव तथा दलित विकास काेष नेपाल चन्द्रपुर ४ राैतहट (युएनएलअारपि) नामक संस्था काे कुनै कार्यालय दर्ता नरहेकाे प्रहरीले जानकारी गराएकाे हाे । पक्राउ पर्ने ब्यत्तीकाे साथ बाट क्यालकुलेटर एक थान,माेबाईल दुई थान,क्यामेरा १ थान,नगद एकचालीस हजार र माेटरसाईकल १ थान बरामद भएको ईप्रका फतुअा विजयपुरले जनाएको हाे । पक्राउ परेकाे व्यत्ती लाई सम्मानित जिल्ला अदालत गाैर बाट सात दिनकाे म्याद लिई थप अनुसंधान भईरहेकाे ईप्रका फतुअा विजयपुरका प्रहरी निरिक्षक चन्द्र किशोर साहले जानकारी गराएका हुन् । पक्राउ परेका व्यत्ती लाई सार्वजनिक गर्ने क्रममा बाेल्दै ईन्सपेकटर साहले यस्ता ठगि गिराेहका व्यत्तीहरू संग सचेत रहन सबैमा अाग्रह गर्दै सचेत गराएका थिए ।