टर्कीमा भूकम्प, कम्तिमा १४ जनाको मृत्यु

541

एजेन्सी : टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन् ।

भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो । नेपाली समय अनुसार राति ११ बजेर ४० मिनेटमा भूकम्प गएको हो । अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ ।

प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धार टोली खटिएका छन् । भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५५० किलोमिटर पूर्वमा पर्छ ।एभिन्युज