चौकुनेमा माघी महोत्सव

505

नन्दु खनाल/चौकुने सुर्खेत १ माघ २०७६ सुर्खेतको पश्चिम्मा पर्ने चौकुने गाउँपालिकामा पहिलो पटक माघी पर्व महोत्सवको आयोजना गरिएको छ । नेपाल मगर संघ चौकुने गाउँ समन्वय समितिको आयोजनामा बुधबार गुटुमा रहेको चौकुने बौद्ध बिहारमा गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले माघी पर्व महोत्सव उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले माघी पर्वलाई राष्ट्रिय चार्डको रुपमा बिकास गर्नु पर्ने बताउनु भयो, माघी पर्वले सामाजिक सद्भाव, एकता ,धार्मिक सहिष्णुता र समाजमा सबै जातजातीको बिचमा भाईचाराको सम्बन्ध कायम हुनु पर्ने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला मगरले माघी पर्व बिशेष गरि जनजाति र थारु समुदायले मनाउने चार्ड भएकोले समाजमा सबै जातजाति संगै मिलेर पर्व मनाउदा समाज एक ढिक्का हुने बताउनु भयो । कार्यक्रममा चौकुने गाउँपालिका वडा न. 6 का वडा अध्यक्ष इन्द्र ढकाल, 7 का अध्यक्ष अमर बिसि 8 का अध्यक्ष तारा केशर सुबेदी, नेपाल मगर संघ सुर्खेत जिल्ला कमिटी सदस्य रत्न दर्लामी, नेपाल मगर युवा संघका केन्द्रिय सचिव खड्क थापा मगर नेपाल मगर संघ सुर्खेतका पुर्व अध्यक्ष ओमबहादुर दर्लामी लगाएतले माघी पर्वको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल मगर संघ चौकुने समन्वय समितिका अध्यक्ष अमर बलामीको अध्यक्षतामा र कार्यक्रम संचालन चक्र आलेले गरेका थिए ।।कार्यक्रममा मगर समुदायका परिकारहरु, मारुनी नाच र विभिन्न खेलकुदका कार्यक्रमहरु पनि संचालन भएका थिए ।