गोली चल्यो, गुण्डा नाइके लामा पक्राउ

610

काठमाडौं । ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीको जम्बुडाँडामा गोली हानेको हो ।

गोली लागेर घाइते सिन्धुपाल्चोक घर भएका लामालाई ट्रमामा उपचारको लागि लगिएको महानगरीय महाशाखाले जनाएको छ। घाइते लामाको घुँडामुनि गोली लागेको बताइएको छ । पछिल्लो समय लामा जोरपाटीमा १५ वर्षीय बालकलाई चिर्पट हानेर फरार थिए । यस्तै जोरपाटीस्थित नेपाल मेडिकल नजिकै एक जनालाई खुकुरी हानेर घाइते बनाएको आरोप पनि उनीमाथि छ । 

लामाले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएर विभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको पनि बताइएकाे छ ।रातोपाती