इन्जिनियरिङ कलेज परिसरमा विद्यार्थीले आगजनी

266

काठमाडौं । ललितपुर कुपन्डोलको जनकपुर इन्जिनियरिङ कलेज परिसरमा विद्यार्थीले आगजनी गरेका छन् । इन्जिनियरिङको स्नातक तह तेस्रो सेमेस्टरका विद्यार्थीले कलेजले सर्वे गर्न नलगेको भन्दै विरोधमा आगजनी गरेको हो ।

विद्यार्थीहरुले कलेजका पुराना फर्निचरलगायतका सामान बालेर प्रदर्शन गरेका हुन् । परीक्षा आउने बेलासम्म पढाइ नसकेको र सर्वेमा पनि नलगेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।अनलाइनमा खबर लेखिएकाे छ ।